Posted by: santoshgiri April 24, 2006
Gyaane Haiku.......
Login in to Rate this Post:     0       ?        
एउटा जादुको छ्डी उसको हाथमा एउटा सानो लठ्ठी फनफन घुमाउदै हिंड्ने गर्ने उसको बानी चोक चोक्, गल्ली गल्ली देखाउने रमिता उसको काम अनि रात भरि गन्ने आफ्नो दिनभरका मुर्खहरु को सन्ख्या उ एउटा बिरालो अति धुर्त बाकी सबै झगडालु बादरहरु एउटा रोटी, बाडनु पर्ने आधा आधा बाठो बादर , लिन्छ रोटी अनि बाड्न थाल्छ कैले यसलाई बढी कहिले त्यस्लाई बढी रोटी को टुक्रा पर्दा पार्दै सिध्याउछ अनि मुसार्छ भुडी, बडेमानको रोटी सिद्धिसक्यो बिरालो अघाइसक्यो बादरहरु अझै लड्दैछन लोभि बादर चलाख बिरालो भोकमरिले मर्न लागेका बिचरा मुसाहरु आफ्ना आफ्ना दुलोबाट हुल गरेर निस्केथे यसपाली त पक्का रोटी नभएपनी टुक्रो त हात पर्ला भन्ने आशामा फेरि सधै झै खालि पेट्, हिड्न बाध्य, एक् हुल् मुसाहरु लक्ष्यहिन् यात्रा तर्फ, रोटिको खोजिमा
Read Full Discussion Thread for this article