Posted by: Dada_Giri April 23, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
एक पटक अकबरले बिरबललाई हकारेछ के, "किन सभामा ढिला आ'को, हँ?" "सरखार, मलाई बच्चाले जिद्दि गरेर ढिला भो क्या! यस्तै हो बाल हठ! भनेसी" "जाबो एउटा बच्चाको चित्त बुझाउन पनि नसक्नी, तिमी जस्ता स्वाँठ पनि प्रधान मन्त्री भइराख्नु?" बिरबलाऐ झनन रीस उठेछ."उसो भे भोलि म बच्चा हुन्छु, तँ पाको मान्छे बन् र मेरो चत्त बुझाइबक्सी!" बिरबल: "ल ल ! त्यस्तो नाथे काम पनि किन डराईरा' नि?" भोलिपल्ट बिरबल बच्चा बन्यो, अनि अकबर पाको मान्छे बन्यो र अड्डा जानै लाग्या थियो, बिरबल रोयो. "बाबा! भोक लायो!", क्यार्नु चित्त बुझाउने जिम्मा त लिएको छ नि अकबरले. "के खान्चस् त नि उसो भे?" सुट सुट फुकालेर अकबरले सोध्यो. "खट्टे!" बच्चाले भन्यो. अनि हाँडीमा खट्टे भुटिदियो अकबरले. अनि अड्डातिर लाग्दै थियो. बच्चा(बिरबल)ले समात्यो: मीठो भे'न! खुदो हाल्देऊ. "ढिलो भका बेलाँ के केभन्छ योपनि फेरि!" भन्दै, अकबरले खुदो खोजेर ल्यार खट्टेमा हाल्दियो. अब त फुर्सद पाइयो, भनेर अकबरअड्डा जानै लग्या थियो. फेरि बच्चा रोयो. बढि गुलियो भो, खट्टे र खुदो छुट्टयाइदेऊ! नत्र मन्दिन. अकबर त अजार प-यो र भन्यो, "हो बिरबल! हिजो तिमी ढिलो हुनु तिम्रो दोष हैन रेछ." आसय- खट्टे र खुदो मिसाइदेऊ भनेर सम्सद बिघटन गराउने पनि यिनै ७ दल(बिरबल), अहिले छट्टाइदेऊ भन्नी पनि यिनै७ दल. अब कसरी छुट्टयाइदिनी रेछ?
Read Full Discussion Thread for this article