Posted by: Birkhe_Maila April 23, 2006
Login in to Rate this Post:
0
?
एउटा युग थियो, राजा हुन्थे प्रजा हुन्थे!
के २१सौँ शताब्दिमा; जहाँ संसारमा बहुसंख्यक देशमा जनताको शासन छ के राजा र प्रजा valid कुरा हो त? हाम्रो इतिहास जे सुकै होस, हाम्रो वर्तमान जे सुकै होस, नेता देखि लिएर मावोवादी सम्म जे सुकै होस! तर पनि एक पटक सोचौँ - के विश्वबिकाशको यो युगमा सत्ययुगि राजतन्त्र आबश्यक छ??
राजाहरु दन्त्यकथामा हुन्छन्
म सानो छँदा,
मेरी आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, प्रजाको
र शान्ती र अमनको।
बल्ल बुझेँ मैले,
राजा र शान्ती,
अनि राजा र अमन,
केवल दन्त्यकथामा मात्र रहेछ,
युगौँ पुरानो कथामा!!
अहिलेका राजा,
फगत एक जुका हुन।
ठुलो जुका,
जसलाई सन्टुष्ट हुन
हजारौँ, लाखौँ,
हैन करोडौँ मान्छेको रगत चाहिन्छ!
हरपल रगत चुसाएर,
दिन दिन पसिना बहाएर,
किन पोस्ने हामीले जुकालाई?
किन पाल्ने हामिले राजालाई?
किन हुने हामि कसैको प्रजा?
म सानो छँदा आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, राज्यको
र शिकारको र चैनको।
बल्ल बुझेँ मैले,
राजा र शिकार,
एक अर्काका परिपुरक रहेछन!
चैन त केवल राजालाई रहेछ,
हाम्रो शिकारको।
नत्र शिकारमा चैन कहाँ?
अहिले पनि राजा शिकार खेल्छन
र मासु खान्छन;
जनतालाई काटेर, जनतालाई पोलेर!!
यसो हेर्दा तिमी थाहा पाउँदैनौ।
तर हो!
राजाको एउटा झिनो मुस्कानमा पनि,
हाम्रा कयौँ दाजुभाई, दिदीबहिनीको
कोलाहाल मिसिएको छ!
राजाको एक एक डकारमा,
हाम्रो मासु चपाईएको थाहा हुन्छ!
राजाको प्रत्येक हुङ्कारमा,
हाम्रा बुबाआमाको चित्कार हुन्छ!
बिश्वास गर,
हाम्रो थोपा थोपा पसिनाले,
राजा पोसिन्छन्!
हाम्रो भाग खोसेर राजा मोटाउँछन्!
त्यसैले,
किन पाल्ने राजा हामिले?
म सानो छँदा आमाले मलाई,
दन्त्यकथा सुनाउनुहुन्थ्यो,
राजाको, राज्यको
र व्यथाको र रोगको।
बल्ल बुझेँ मैले,
राजा र रोग दुबै समाजका व्यथा रहेछन्!
जति जति समाज रोगि हुन्छ,
त्यति त्यति राजा स्वस्थ हुन्छन!
हामि विरामी थियौँ युगौँ देखि,
र युगौँ देखि हामि तड्पिन्थ्यौँ!
अब हामि स्वस्थ हुँदैछौँ,
परजिवी हटाउँदै छौँ।
पुरानो ढुसिले ढाकेको हाम्रो अस्तित्वमा,
लोकतन्त्रको बिशुद्ध जलले
पुनर्जीवन फुक्दै छौँ!!
त्यसैले,
सबै मिलेर भनौँ-
“राजतन्त्र मुर्दावाद्”
“लोकतन्त्र जिन्दावाद्”!!!