Posted by: Bhaute April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नाफा गर्ने चुत्के, सावाँ पनि फुत्के. आफ्नो भाग छोडेर अर्काको भाग दुइटा हातले खान गा'को ज्ञाने। आफ्नो भाग पनि फुत्किने भो अब। उल्टै लात्ति पनि खाने भो। अझै यसको वरी परी कस्तो उल्टो बुद्धीका मुर्कट्टाहरु घुम्दैछन छन भन्ने कुरा त आजको बिबिसीको सच्चिते कुकुरको भ्याउ भ्याउ बाटै थाह हुन्छ नि। काठमान्डौ बाहिरकालाई त झन नेपाली नै गन्दो रहेनछ है भत्तुवाले। यसलाई त त्यै पारसेको हर्लेमा बाँधेर घिसार्दै सात पल्ट रिङरोड घुमाएर पुर्व मेचि देखि पश्चिम महाकाली सम्म पुर्यानु पर्ने भो। नेपाल कति छ भनेर देखाउन। सुसिल कोइरालोले त नपत्याएको ज्ञानेको पराल अरुले झन के खान्थे। आन्दोलनको क्रममा भएका घाइते (आन्दोलनकारी वा पुलिस-आर्मी)लाई उपचार गर्नको लागि केहीसमय अघि सहयोगको कुरा गर्दा "नेपे-जी, अमेरिका बाट पेलेको पैसाले नेपालमा क्यै हुनेवाला छैन" भनेर अलिकता पनि मानवताको ख्याल नराखि कटु शब्द छेँडेका दादाको घैँटोमा बिहानीको घाम लाग्या हो कि जुनकिरीको पुच्छर टल्क्या हो कुन्नि। जे सुकै स्वार्थले होस (नहोस), दादाले जापानबाट "पेलेको पैसो" घाइतेको दर्दसम्म पुगेर थोरै चिसो हम्क्यो भने खुसि कै कुरा मान्नुपर्छ। स्यान्कान्छाले चौतारीको प्रतिनिधित्व नै गरेछौ, हामी सबैको शिघ्र स्वास्थ्यलाभको शुभकामना सुनाइदिनु घाइते नेपाल आमाका सपुतहरुलाई।
Read Full Discussion Thread for this article