Posted by: Nepe April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
यो नयाँ नेपालको निर्माणको थालनी हो । र यसको जगमा हालिएको हरेक सानो भावना र योगदानले यसलाई बलियो बनाउँछ । सानोकान्छा, तिमीले सानो तर बलियो ढुङ्गा हालेका हौ यसमा । *** *** *** > मैले पनि जापनाको एक नेपाली संस्था मार्फत सानो आर्थिक सहयोग गरिसकेको छु। दादा, 'जनआन्दोलन पिडित कोष' तपाईले चन्दा दिनु भएको सुनेर खुशि लाग्यो । तर जनआन्दोलन स्वयंले खोजेको बाटोलाई भने अझै अस्वीकार गरिरहनु भएको छ । त्यसैले यो कतै श्री ५ को सरकारले केहि दिन अघि झापामा शहिद भएकाका परिवारलाई १ लाख सहयोग दिए जस्तो त भएन ? > नेपेजी, >७ दलको बैठकमा के हुँदैछ होला, हँ? विज्ञहरु के भन्दैछन्? >किन मित्ररास्ट्र र दातृरास्ट्रहरुले समर्थन गरेका धारा ३५लाई? मित्ररास्ट्र र दातृरास्ट्रहरुले धारा ३५लाई समर्थन गरेको वा जनआन्दोलनबटा समर्थन झिकेको बयान कतै देखेको छैन मैले । उनीहरुले राजा झुकेको कुरा समर्थन गरेका हुन् । र यो समर्थनले राजाको झुकाईलाई झुकाईको रुपमा स्थापित गरेर एउटा रणनैतिक महत्वको सानो सकारात्मक योगदान गरे भन्नुपर्छ । 'आन्दोलन रोक' भनेर आव्हान गरेका भए मात्र यो नकारात्मक हुने थियो । आन्दोलन सात दलमा हातमा नरहेको कुरा भनिरहन पर्ने कुरा होईन । आन्दोलनलाई रोक्न "आठ-दल"ले बाहेक अरु कसैले सक्दैन । सात दल यो कुरामा अनभिज्ञ छैनन्, त्यसैले उनीहरुले गर्न सक्ने कुरा केहि पनि छैन अहिले । जनआन्दोलनको उभारले मात्र होईन सामान्य शक्ति-समिकरणको हिसाबले समेत अब राजाको सत्ता-परित्याग बाहेक अरु कुरामा यो आन्दोलन टुङ्गिदैन । सम्विधान सभा क्रान्ति पछिको कुरा हो अब ।
Read Full Discussion Thread for this article