Posted by: Nepe April 22, 2006
In the Democracy of Protesting Parties
Login in to Rate this Post:     0       ?        
आशुले उनी बदलिन थालेको संकेतहरु दिदै थिए, माथिको एउटा पोस्टिङ हेर्दा त उनी अझै पुरानै रक्सिको नशामा धुत रहेछन् भन्ने देखियो । काकरभित्तादेखि महेन्द्रनगर सम्म, जुम्ला-हुम्ला देखि विरगञ्जसम्म, गाउँ गाउँ देखि शहर शहर सम्म, १६ दिनसम्म अविछिन्न प्रदर्शन गर्ने लाखौं लाख (करोड भने हुन्छ ) जसले राजतन्त्रको समाप्ति भन्दा घटि र बढी केहि चाहेका छैनन्, लाई एउटा राष्ट्रको राजनैतिक चेतनाको अभिव्यक्ति नदेखेर अल्लारेहरुको राजनैतिक चेतनाविहिन भिड देख्न लगाउने नशा दिने रक्सि चानचुने रक्सि होईन । राजतन्त्रका विम्वहरुलाई सामान्य तोडफोड गर्नु बाहेक कुनै प्रकारको लुटपाट र आपराधिक काममा नलागेको यो मानव महासागरलाई देखेर सद्दे होस-हवास भएको जस्तोसुकै पटमूर्खले पनि 'ऋतिकरोशन काण्ड' र ईराक हत्या पछि तोडफोड लाई स्मरण गर्ने छैन । आशु बेलाबखत ज्ञानगुनका पुस्तकहरुको नाम लिन्छन्, तर तिनको गुदीलाई आत्मसात गरेको भने कहिले देखिन मैले । (यो मेरो व्यक्तिगत पढाई हो है आशु, यसमा स्पष्टिकरण दिईरहनु पर्दैन) । आशुले तलको पुस्तक पनि "पढेकै" होलान्, गुदि मात्रै आत्मसात गर्न नसकेको होला । The Wisdom of Crowds: Why the Many Are Smarter Than the Few and How Collective Wisdom Shapes Business, Economies, Societies and Nations By: James Surowiecki - http://www.amazon.com/gp/product/0385503865/102-3327904-7953719?v=glance&n=283155
Read Full Discussion Thread for this article