Posted by: sano_kanchha April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
गाम्ले हरु मैले मात्र १० मिनेट समय पाएको छु । त्यहि समय लाइ सदुपयोग गर्दै तपाइ हरु लाइ केहि समचार दिन गैरहेको छु। मोवाइल पनि बन्द भयो । भर्खरै मात्र हेलिकप्टर बाट गोलि चलाइएको छ । अहिले हाम्रो हस्पिटल मा घाइते राखने ठाउ पनि छैन।मैले सुनेको अनुसार अस्पताल प्रसाशन ले रत्नराज्य क्याम्पस मा घाइते आन्दोलनकारि राख्ने व्यवस्था गर्दै छ रे । अधिकांश आन्दोलनकारि लाइ टाउको मा चोट लागेको छ। ९९ % घाइते हरु काठमाण्डौ बाहिर का छन । ल मेरो समय सकियो , समय पाए फेरि आउनेछु ।
Read Full Discussion Thread for this article