Posted by: world_map April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ए साहिंला, मलाई केही मन्त्रालय चाहिंदैन, म त सर्वसाधारण मान्छे हुँ र सर्वसाधारण जनता नै भएर बस्न चाहन्छु। मन्त्रीहरूलाई निर्वाचित गर्ने नि जनतै त हो क्यारे। त्यसैले सर्वसाधारण जनता नै सर्व शक्तिमान् छन् भन्ने कुरा त भैरहेको आन्दोलन र विगतका ऐतिहासिक परिवर्तनहरूले नि देखाएकै हुन् नि। बरू मन्त्रीहरू या उच्च पदमा बस्नेहरूले गल्ति या भ्रष्टाचार गरेमा सचेत गराउनेछु, एक किसिमले प्रतिपक्ष जस्तै हो तर अत्यन्त सक्रिय प्रतिपक्ष चैं हैन, सचेतक मात्र हुँ। अनि मन्त्री बनिसकेकाहरूलाई चैं बधाई है। यस्तो राम्रो काम गर्नुस् कि मैले सचेत गराइरहने जरूरत नै नपरोस्। :)
Read Full Discussion Thread for this article