Posted by: rhishi April 20, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
मेरो आर्को कविता, शार्दूल बिक्रिडीत छन्दमा, लोकतन्त्रको पक्षमा, बढ्दा बेग लिई ठुलो सलिलको ! भूमीमा त्यो क्रान्तिले, गुञ्ज्यो अम्बर नै ! समस्त जनका नारा बढे बेगले ! चट्टानै सरि भो ! हिमाल भर नै लोक्‌तन्त्रको लक्ष्य यो ! रोक्छौ ? ब्यर्थ कठै ! सकिन्न अब यो सैलाब हो क्रान्तिको ॥ इन्क्लाबी सुन ती बढे अघि सरी खुम्चाउँदै शून्यता कामे थर्थर ! ती मतान्ध र हठी ! स्वामी बनेका यता राजा नै नभए हुँदैन अब ता यो लोकमा रिक्तता भारी भो बरु यो ! अनाहक यहाँ दर्वार भो झञ्झट ॥ हे राजा ! तिमि लौ गर मनुस भै ब्यापार च्यापत्तिको त्यागी मूढ बिचार झट्ट अब लौ सुम्पेर नेपालको सम्प्रभू अधिकार ता जन कनै ! फालेर श्रीपेच नै ! आऊ नागरिकै बनी ! जगतमा फैलन्छ तिम्रो यश !
Read Full Discussion Thread for this article