Posted by: miss_ me April 20, 2006
Login in to Rate this Post:
0
?
कविता
कोशेली
आश्मा शर्मा
२९ फागुन २०६२, लसएञ्जेलस
◄ फर्किनुस
कोशेली तिमीलाई मेरो शुभकामना
थोरै होला पोकोमा, सिंगो हिमाल अर्पन्छु
चढ्नू त्यो शिखरमा
झण्डा फर्फराउँदै
हुन त,
तिमीले खनेको गोरेटोमा
एक पाइला मेरो पनि हुनुपर्थ्यो
आँधी जस्तै तिम्रो त्यो आगमनमा
गति मेरो पनि हुनुपर्थ्यो
तिमीले देखाएको "तारो" म
एक संगीन मेरो हुनुपर्थ्यो
नडगमगाऊन् तिम्रा अदम्य पाइलाहरु
अखण्ड लक्ष्य प्राप्तिको लागि
कोषौं टाढाबाट यी शब्दहरु काफी नहोलान्
मेरो हृदयभरिको अटुट "विश्वास अनि शुभ-कामना"
कोशेली तिमीलाई!!