Posted by: Nepe April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
ऋषिजी, ल तपाई मेरो ईतिहासबारे अर्धज्ञ हुनहुदो रहेछ । त्यसैले बताईदिईहालुँ । अखिलसंग २-३ वर्ष सम्बद्ध भई काम गरेपछि साम्यवादी दर्शन र विद्यार्थी संगठन दुबैबाट बहिर्गमन भएको २०४१-४२ सालतिर हो । त्यस समय देखि यता म सधैं र निरन्तर एक लोकतान्त्रिक गणतन्त्रवादीको रुपमा रहेको छु । २०४२ सालदेखि यता आजका मितिसम्म कुनै राजनैतिक संगठनको सदस्य, समर्थक वा शुभेच्छुक रहेको छैन । त्यसकारण पीडाको कुरा छाडिदिनुस्, मेरो पोल्टामा स्वतन्त्रता, सन्तोष र गर्व बाहेक केहि छैन ।
Read Full Discussion Thread for this article