Posted by: Nepe April 17, 2006
जनआन्दोलनको कार्यक्रम
Login in to Rate this Post:     0       ?        
अलोकप्रिय नेताहरुलाई लात हानेर फाल्ने भनेको निर्वाचन नै हो । अरु बेलामा गरिने आलोचनाहरुले जनमत निर्माण गर्ने मात्र हो, सामान्यतया । अबको क्रान्ति पछिको गणतन्त्रमा राष्ट्रपतिको प्रत्यक्ष (देशव्यापी) निर्वाचन हुने व्यवस्था गरिने कुरा निश्चित छ । यस्तो निर्वाचनमा गिरिजा कोईराला र उनका पारिवारिक उत्तराधिकारीहरुले सरकार प्रमुख हुन पाउने सम्भावना ह्वात्तै घट्छ (अहिले पो एउटा सानो निर्वाचन क्षेत्रबाट निर्वाचित भयो, पुग्यो) । नेपाली कंग्रेस गिरिजाको एउटा सानो अधिराज्य नै हो । र अहिले सात पार्टीमाथी पनि वर्चस्व कायम गरेपछि त गिरिजा आफ्नो रजौटातन्त्र कायम राख्न महाराज ज्ञानेन्द्र जत्तिकै विश्वस्त र दृढ छन् । आन्दोलन गणतन्त्रमय हुँदा पनि गिरिजाले आन्दोलनलाई अल्मल्याउन खोजेको एउटा कारण त्यहि हो । अब सबाल हो, नेपाली कंग्रेसका सक्कली परिवर्तनवादीहरु गिरिजाका नपुंसक "प्रजा" भएर बस्छन् कि विद्रोह गर्न कम्मर कस्छन् भन्ने हो । र यो सबालको उत्तर मिलेन भने अर्को सबाल हो, जनआन्दोलनले गिरिजालाई के गर्छ ? गिरिजालाई irrelevant प्रश्नको रुपमा हेरेर अघि बढ्ला कि, क्रान्तिको बाधकको रुपमा भेटेर यथोचित सम्मान टक्र्याउला ? यस प्रश्नको उत्तर अधिरताकासाथ पर्खिरहनेछु म, किनभने यसै प्रश्नको उत्तरमा निहित छ कस्तो quality को क्रान्ति हुनेछ भन्ने कुरा ।
Read Full Discussion Thread for this article