Posted by: Kedar_Sharma April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
साथीहरू, म कान्तिपुरसित सम्वद्ध छैन। तर त्यहाँ मेरा धेरै साथीहरू छन्। मेरो विचारमा उनीहरूको बल नै आपसी एकता र लोकतन्त्रप्रतिको सामुहिक निष्ठा हो। उनीहरू आफ्नो पेशागत निष्ठामा पनि धेरै बलिया छन् भन्ने मेरो विश्वास छ। कान्तिपुरले बदमासी गर्‍यो भनेर प्रजातन्त्र जीले घेरा लाएका ठाउँमा त कुनै विशेषज्ञले पनि जोडजाड गरेको भन्न सक्दैन। सबभन्दा ठूलो कुरा त यस्तो जनसागरको फोटो बनाउन हिजो आज अरू कुनै दुःख गर्नु पर्दैन। अलिकति आँट गरेर सडकमा पुगे हुन्छ। २०४६ को फोटो चलाएको भन्ने त कपोलकल्पित र नचाहिँदो आरोप मात्र हो। प्रजातन्त्र जी कुनै खास फोटोलाई आँल्याएर सप्रमाण यो कुरा भन्न सक्नुहुन्छ भने कुरा बेग्लै हो नत्र तपाईँ पनि नामको विपरित स्वभाव भएको व्यक्ति हुनुहुँदो रहेछ भन्ने निष्कर्ष निस्किन्छ, नाम ज्ञान‌‌+इन्द्र भएर पनि सधैँ अज्ञानी काम गर्ने ज्ञानेन्द्र जस्तै।
Read Full Discussion Thread for this article