Posted by: Lali Guras April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ल ल चौतारि को अन्त्य म मलाइ मन परेको सनो टुक्रा है त. ------------------------------------------------------------------------ टाइटानिक जहाज पानीभित्र विस्तारै डुबेको भयानक फिल्म हेर्‍यौँ । मलाई सम्झना छ, एक जना मानिस सबैले उसलाई मानिरहेका छन् भन्ने भ्रममा बसेको छ । खानपिन र सङ्गीत गररिहेकै छ । देख्या, भरे ऊ मात्रै हुन्छ त्यहाँ । देश डुब्दैन । यो टाइटानिक होइन । निरङ्कुश मध्ययुगीन सत्ता टाइटानिक हो । त्यो डुब्दैछ । शारदा साहित्यिक पत्रिकाको राणाकालीन कुनै सम्पादकीयमा जुद्धशमशेरले टुँडिखेल खरीको रूखबाट दिएको भाषण छापिएको छ । 'स्पिच' को अन्त्यमा जुद्ध भन्छन्, "अब सकियो । घर जाओ है !" जनता सुरुक्क घर जान्छन् । त्यो जुद्धचेतनाले बोल्ने दिन गए । नेपाली जनता घर जाने कि सडक जाने वा जङ्गल जाने अब आपै“म् निर्णय गर्छन् । -अभि सुबेदि, नेपाल
Read Full Discussion Thread for this article