Posted by: Dada_Giri April 16, 2006
Login in to Rate this Post:
0
?
यसपालि त टिपेँ कि। मिल्यो बिर्खे भाइ? मास्ट्रनी नानी, अर्थ पनि बुझाम् त यसको।
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
---
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
हऽऽ झल्का लगाई चोलीमात्रै आँशुले रुझाउन्या
कोही छैन जिवनको साथी हृदय बुझाउन्या
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
हऽऽ फुलफूली पैरनु भइन माथी हिमालैमा
हात पुछी दाग बसी र राता रुमालैमा
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
हऽऽ तराईका ४ कोषे झाडी न्याउली बास लागे
दुखेको बिरही दिल पैलै हास लागी
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
हऽऽ हातमा कनमा सुन मोटेलाई सुहाउन्या
क्यान आउँछ पापी जोवन मनमात्रै रुवाउन्या
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
... ...