Posted by: jira April 12, 2006
Naya Barsha Behaal Cha...jira
Login in to Rate this Post:     0       ?        
न सुर छ, न ताल छ केटि फकाउनीहरुको आफ्नै मायाजाल छ ढोकैदेखि डिस्कोमा कोलाहाल छ साबधान काचाकचिलाहरु! यो पालाको नयाबर्ष बेहाल छ शुभकामना दिनेहरुको आफ्नै जन्जाल छ चिन्नु न जान्नुको बर्नाड शर्मा, जेनिफर भन्डारी, ग्लोबल नेपालि हरफ उहि शब्द उहि, फरक... मात्र २०६३ साल छ लाग्छ 'रिप्लाई अल' को कमाल छ यो पालाको नयाबर्ष बेहाल छ सक्नेले खाए, खानेले सके बिदाको सदुपयोग गर्न घरमै जुवाको खाल छ अब कस्ले भन्छ ? ..नेपालमा अनिकाल छ देशमा कराउने भन्दा बिदेशमा भुक्निहरुको फालाफाल छ यो पालाको नयाबर्ष बेहाल छ यता टयाम्के भुडि हल्लाउदै बा मातेर बबाल छ ड्याडिलाई देखिस्यो?, छोरीको यहि सवाल छ छाला चाउरि परेनि आमाको खैरो कपाल छ कलचरल प्रोग्राममा आलटाल छ यो पालाको नयाबर्ष बेहाल छ उता लोडसेडिङको किङ मैनबत्तिको धिपधिपे चाल छ बिजुलि नजादै पाक्या चिसो दाल छ अगाडि भातको थाल छ, मासुमा साउनीको कपाल छ नखाउ भने क्यान्डल लाईट डिनरको सवाल छ यो पालाको नयाबर्ष बेहाल छ
Read Full Discussion Thread for this article