Posted by: mardshab April 8, 2006
Pushing towards republic
Login in to Rate this Post:     0       ?        
लौ सुन्‍नुस गोदने कुरा! पचेँ कालरात्रिमा उनीहरुकै रजाई थियो। नाम मात्रको प्रजातत्रँ जनान्‍दोलनले ल्‍यायो। राजाको नाममा सम्‍पुर्ण रिमोट उनीहरुकै हातमा थियो - स्‍वार्थी राजनैतिक नेताहरु उनीहरुकै गोटीचालमा रहे। छदाखाँदाको र मानिआएको हिन्‍दु धर्मलाई राजाको नाममा वा त्‍यसको बिपरीत (राजालाई हिन्‍दु धर्मको नाममा) यी कलशबोकुवा आसेपासेहरुले सक्‍दो ऊग्रतातिर ढकालिरहेका छन। यसले न त बहसख्‍यँक जनताको भलो गर्छ, न त दिनोदिन राजतत्रँ प्रतिको आस्‍था ह्रास हुनवाट बँचाउछ। यो नचाँहिदो उग्रता र अतिवादिताले जनमानसको सोचाईमा बिरोधाँभास र बिभाजनको बीजारोपण गर्न सक्‍छ। बरु बितृष्‍णा तिर डोर्‍याउछ। बीरगजँमा राजाले फलानोलाई समाज सेवी पदक दिईएको पढन पाईयो। नेपालको के र कुन समाजको कसरी सेवा गरेकी भनेर थाहा हुन सकेन। समाजसेवा पनि अब सम्‍भान्‍तिहरुको मागिखाने भाँडो भएछ। जनता पुर्ण प्रजातँत्र प्राप्‍तिको दृढ सघर्षमा लागेको बेला यो सब ढोगँ किन? "भात रोटी र ढिडो खान पाइन ख्‍वामित" भन्‍दा "तेसभे खीर खाए भइहाल्‍यो नी" भन्‍नेहरुले अझ जनतालाई बुझेका छैनन। यो चाहि पढेर नपचने भो। सकारात्‍मक रुपमा हेर्ने हो भने यस्‍तो भनाइले गणतत्रँको प्रसवकालको इगित गरेको मानौ। http://kantipuronline.com/kolnepalinews.php?&nid=70676 Kantipur Daily सिंहद्वारा पत्रकारलाई चुनौती कास वीरगन्ज, चैत २६ - शाही पाश्र्ववर्ती तथा विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहले आफूलाई अप्ठ्यारा प्रश्न गर्ने पत्रकारलाई भिड्न आउन चुनौती दिनुभएको छ । यहाँ शनिबार पत्रकार सम्मेलनमा आफूलाई कठिनाइमा पार्ने खालको प्रश्न गर्ने एक पत्रकारलाई संकेत गर्दै उहाँले 'झगडा गर्न खोेजेका हो ?' भन्दै एक्लाएक्लै भिड्न आउन ललकार्नुभयो । 'म सैनिक, तपाईंहरू सबैलाई गोद्न सक्छु,' उहाँले धम्कीको स्वरमा भन्नुभयो । राजा सक्रिय नभई संवैधानिक नै रहिबक्सेको उहाँको भनाइ थियो । 'राजाले त अध्यक्षता गरेको मात्र हो, काम गर्ने त मन्त्रिपरिषद्ले न हो !' उहाँले भन्नुभयो- 'सक्रिय राजतन्त्र भएको भए त मन्त्रिपरिषद् हुँदैनथियो ।' महासंघको यहाँ आयोजित तेस्रो सम्मेलनले धार्मिक- सांस्कृतिक मूल्यमान्यताविपरीत शान्ति स्वीकार्य नहुने प्रस्ताव पारित गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो- 'मूल्य मान्यतालाई तिलाञ्जली दिएर ल्याएको शान्ति मूतको न्यानो हो ।' सम्मेलनले द्वन्द्व व्यवस्थापनमा धार्मिक संघसंस्थाको भूमिकालाई पनि स्वीकार्न अन्तर्राष्ट्रिय संघसंस्थालाई अनुरोध गरेको छ । 'अहिलेसम्म धार्मिक संस्थाको भूमिका स्वीकार गरिएको छैन,' महासंघ महासचिव दीवाकर चन्दले भन्नुभयो । Posted on: 2006-04-08 17:28:01
Read Full Discussion Thread for this article