Posted by: gaalab April 8, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
गौतमजी, म त शुरुदेखि नै यतै हो। सेन्दाइ राम्रो ठाउँ छ। यसो आउँदा जाँदा पस्नुस् न। बिर्खे जी, तपैंले नि मासको दालको याद दिलाउनु भो। अहिले नै दाल पकाम पकाम भो। रिठ्ठे कैलासबाट शिबजी तल झर न तीन पाने नि अलि अलि लिने गर न, लिने गर न । रिठ्ठिनी शिबजी र पार्वती बेसी झरिदेऊ यो मान्छेको कुबुद्दिमा सुद्दि भरिदेऊ, सुद्दि भरिदेऊ । मास्टरजी हे पटमूर्ख मनुष्य खान हुन्न जाँड त्यै जाँडले ल्याएको संसारमा भाँड, संसारमा भाँड । रिठ्ठे अहैलेदेखि शिबजीलाई भाङ् र धतुरो अलिकति पिएपछि मिल्ने सब कुरो, मिल्ने सब कुरो । रिठ्ठिनी नखाऊ नखाऊ भन्दाखेरि भट्टीकै भो बास अब मैले तिमीबाट के गर्नु र आस, के गर्नु र आस । रिठ्ठे खानु खाछु लाउनु लाछु मेरै बाउको खाछु तेरा माइतबाट मैले के सम्पत्ति पाछु, के सम्पत्ति पाछु ।
Read Full Discussion Thread for this article