Posted by: Arko April 6, 2006
Anybody Bupi Sherchan Fan
Login in to Rate this Post:     0       ?        
शहिद रोलान् हामीले उन्नति गरेर नगए हुँदैन बिहानी मिर्मिरे तारा झरेर नगए ~~~~~~~~~~~~~ मानी नभएको जिन्दगानी आउँछन् जब किरण भोरका झ्यालभित्र ज्वरको राप झैं उठ्छु चूपचाप ओछ्यानबाट घाममा सुकाएको गीलो कपडाको बाफ झैं हराउँछु दिन-दिनभरि घरबाहिर रक्सी पिएर बिर्सेको पाप झैं रातको साथमा घर फर्कन्छु नशा उत्रेपछिको पश्चात्ताप झैं आह! यसरी बितिरहेछ जीवन सन्निपातको रोगीको प्रलाप झैं। ~~~~~~ हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने हामी रङ्ग-रोगन छुटेका, टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटि हौं एउटा मानोरञ्जक खेलका सामाग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित हो, हामी मानिस कम र बढ्ता गोटी हौं।
Read Full Discussion Thread for this article