Posted by: Poonte April 6, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
उ बेलाँ उसको त्यो ढ्याब्रे नकचरो मुटु मेरो घर वरी परी छ्याङ्ग फैलाएर मेरी सालीलाई “लिन्छौ?” भन्दै यो भेनाको कन्चेट तताउँथो यो भउते। अईले आ’र चईं आफ्नी भान्जी परेसि के के उपदेश दिंदो रैछ गाँठे! नियमापत्ति!!!!!!!!!!!!!!!!!!!!!!! चेली आफ्नै परेसि कस्तो हुँदो रैछ त, बल्ल बुझ्या हो भउते काजी? सालीलाई लाईन मार्ने बेलाँ सोंच्या थियौ र सालीले भेनाकै चिटिक्क प-या, टिलिक्क टल्क्या, झिलिक्क झल्क्या मुटुलाई मिलिक्क बिलाउने अरी चपक्क समाई सकिन भनेर? हेर नेप्चे, पिरती नानी फेरि मेरी बुईनी नपरे देखुन त केई भन्थिन के रे। बुईनी नै अन्माउन पर्ने भएसि अलिक बिचार अर्न पर्ला। हुन त यसको बिहे अर्नि बेला त भई सको। अझै कस्सेर टराई मारम्। मानिछ भुने साईपाटो मा भेनालाई साईको घडी, पान्सोनिक ट्राँसिस्टर, कालो चेस्मा, ३ प्रति पाल्पाली टोपी, ५ जोर दौरा, दुई दर्जन सुरुवाल (सुरुवाल सारै हराउने अर्छ मेरो!), अनि मेरी धोबिनीलाई एउटा नयाँ पेटिकोट हालेर पठाउने। हरु, थर र गोत्र चईं अईले नै भन्दिम। तिम्रा ति गुरु को पिरै नमान। अईलेलाई भान्जी परेर अप्ठेरो मान्या मात्र हो के रे। जन्तीको बाख्री खाने बेलाँ हुत्तेर उई अघि अघि आई पर्छ। मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्! (पिरती बुईनी! चुप लाएर बसे है अईले! सुसससससससससससस! साईपाटोको माल झ्याप्प पारेसि नाई भन्दिम्ला के! अईले फकाको मत्रै हो तो बज्जेलाई! सानो चिटिक्क परेको छ भनेछ केरे, मौका आएसि जाबाको तो मुटुलाई दुई अम्लीले निमोठी दिम्ला!)
Read Full Discussion Thread for this article