Posted by: miss_ me April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
wow !!!!!!!काबिताहरु । म त निकै पछि परिसके फुर्सत नै हुदैन गौतमजी कति राम्रो भाव..... त्यो पल नि आउछ जब आर्याले 'बाबा' भन्नेछिन..:D आज मलाई थक्क लागेको मेरी छोरी जन्मिदा म कबिता लेख्न किन सोचिन भनेर।:) "तिमी जन्मेको पल" तिमी जन्मेको पल मैले- सूर्य, चन्द्र र ताराहरुबाट दिन, रात, साँझ र बिहान भन्दा फरक नयाँ आयाममा समयबिस्तार पाएँ, तिमी जन्मेको पल मैले- कमलझैं रात फक्रिएर आकाश खुल्दा हजार स्वप्नपुष्पहरुको अवतरण देखें, तिमी जन्मेको पल मैले- तिम्रा कोमल आँखाहरु डुलाएर नयाँ सुन्दर संसारको दर्शन गरें तिमी जन्मेको पल मैले- मेरो काखमा निदाएको रात देखें मेरो छातीमा ब्युँझिएको आकाश देखें।
Read Full Discussion Thread for this article