Posted by: Pretty April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी!! चौतारी!!! लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ। Read Full Discussion Thread for this article