Posted by: Gautam B. April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
यो कविता नेपाली जनताको चेतनाको आयामलाई गोर्खापत्र र रेडियो नेपालको सिमानामा कैद गर्न चाहनेहरुका बिरुद्ध। "गोर्खापत्र- कल्ले कतिपटक?" पोहर एस.एल.सी मा गुल्टेको कालेले यसपाली दोश्रोपटक छोला गोर्खापत्र, सचिव हुँदासम्म शा.अ. डम्बरनारायणले दशचोटि जति पढ्ला गोर्खापत्र, अबला एकल धनमाया- जाली जेठाजूले जग्गा हडप्न खोजेछ माईती झिकाएर सुनी मात्र एक पाना गोर्खापत्र, 'विक्रम' र 'शमशेर' हरु ठान्छन्- अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो आफू त किन घिच्थे र गोर्खापत्र? यस्तै हो साथी! गजब छ यो गोर्खापत्र एक बाजी मैले पनि पढेथें तिमीले कतिचोटि पढेका छौ गोर्खापत्र?
Read Full Discussion Thread for this article