Posted by: Birkhe_Maila April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा गन्थन! समय- एक्लोपनाको लामो यात्रा हिँड्दै जाँदा, बिश्राममा कयौँ पटक म रोकिन्छु। कुनै डाँडाले मोहित गर्दा, समथर खोज्दै हिँड्छु, कुनै समथरले मलाई बोलाउँदा, म पहाड कुर्दै पर्खन्छु! उजाड जमीनको यात्रामा, म तिर्खाउँछु र छट्पटाउँछु तर खोला भेट्ने बित्तिकै, म पानी देखेर डराउँछु! यस्तै यात्राको थकाईले, म कतिबेला निदाउँछु थाहा पाउँदिन र उठ्दा थाहा पाउँछु, घाम त डाँडा माथि पुगिसकेछ!!
Read Full Discussion Thread for this article