Posted by: Ham jayega April 4, 2006
Princess: Once upon a time
Login in to Rate this Post:     0       ?        
Interesting articles found at http://www.ganatantranepal.org/01/hasya/h01;20620825.html एकादेशकी युवराज्ञीको कथा ज्ञानेन्द्र थापा 'असफल', २५ मंसिर २०६२, काठमाडौं एकादेशकी ती युवराज्ञी एकताका लगातार तीन-चार दिनसम्म बिहान ४ बजे डिस्कोबाट फर्किएपछि महाराजले उनलाई आफूसामु हाजिर गराए। त्यसपछि पनि उनको डिस्कोगमनको आदत त गएन तर आगमनमा ढिलाइ हुन छाड्यो। एकादेशमा एकजना राजा थिए तर ती अन्य देशका राजाहरूभन्दा निकै भिन्न र विवादस्पद थिए। प्रत्यक्ष शासन गर्ने शौखले उनलाई विवादित बनाएको थियो। युवराजका रूपमा रहेका उनका छोराको छवि पनि बाहिर त्यत्ति राम्रो मानिंदैनथ्यो, तर उनका साथीभाइ, नातेदार र उनको सुरक्षार्थ खटिएकाहरू भने उनी सज्जन भएको बताउँथे। युवराजका निकटवर्ती व्यक्तिको भनाइ हुन्थ्यो- युवराजको बाहिरी छवि नराम्रो भए पनि मौसुफ दानी र सज्जन होइबक्सन्छ। युवराजकी श्रीमती युवराज्ञी भने अत्यन्त सुन्दरी थिइन् र उनको बाहिरी छवि पनि साह्रै राम्रो थियो। तर, उनलाई नजिकबाट चिन्नेहरू भन्थे, उनको बाहिरी रूप र भित्री रूपका बीच आकाश-पातालको अन्तर छ। प्रत्येक साँझ डिस्को जानु र मदिरा सेवन गरेर मदहोस हुनु उनको सबैभन्दा ठूलो शौख थियो। रेष्टुरेण्ट, होटेल वा डिस्कोथेक गएपछि मदिरा सेवन गर्नैपर्ने, त्यो पनि अलिअलि होइन भूइँमा खुट्टा टेक्नै नसक्ने गरेर खानुपर्ने र खाएपछि पति युवराजाधिराजसँग बबाल गर्ने उनको बानी नै परिसकेको थियो। भित्र जे-जे गरे पनि बाहिरी छवी सुधार्नमा उनको निर्दोष मुहारले पनि साथ दिएको थियो। सार्वजनिक कार्यक्रममा जाँदा उनी अत्यन्त शालीन र शिष्ट देखिन्थिन्। उनको मुस्कुराहटले उनीप्रति सहानुभूति राख्नेहरूको संख्या बढाउने गर्दथ्यो। युवराज्ञी प्रायः युवराजलाई डिस्को जान उक्साउँथिन्, कतिपय होटल रेष्टुरेन्टहरूमा त युवराजले पहिले नै भन्ने गर्थे, 'उनलाई 'ड्रिङ्क' अलि कम दिनु है।' एक दिनको कुरा हो, त्यो देशको एउटा पाँचतारे होटलमा पार्टी थियो। युवराज, युवराज्ञी दुवै पार्टी गएका थिए। पार्टीबाट निस्किएर त्यही होटलको अर्को कोठामा उनीहरू गए। त्यहाँ युवराजले मदिरा छोएकै थिएनन् भने युवराज्ञी एकैछिनमा नशामा लट्ठ भइसकेकी थिइन्। कुराकानी चलिरहेकै थियो, युवराज्ञी कहिलेकाहीं युवराजलाई खान, लाउन नजान्नेसमेत भन्न पछि पर्दिनथिइन्। त्यस दिन पनि उनी युवराजलाई निकै होच्याएर बोलिरहेकी थिइन्। खै के सनक चढेर हो, उनले सिपाहीको रिभल्वर खोसिन् र आफ्नै कन्चट ताकिन्। धन्न त्यस रिभल्वरमा गोली थिएन। गोली भरिएको भए त्यहीं उनको इहलिला समाप्त हुने निश्चित थियो। यदि त्यस्तो भएको भए उनको हत्या युवराजले गरेको भन्ने सिधा अर्थ लाग्ने थियो। युवराजको खराब छविका कारण त्यो हत्या उनैले गरेको हो भनिने कुरामा दुईमत नै हुने थिएन। किनभने त्यसअघि पनि एकपटक ती युवराजले उनकी श्रीमती युवराज्ञीको हत्या गरे रे भन्ने हल्ला सनसनीपूर्ण रूपले मुलुकभरि फैलिएको थियो। त्यो देशका अधिकांश जनता ती युवराज्ञीलाई निर्दोष महिलाका रूपमा हेर्थे। त्यसैको फाइदा उठाएर कसैले उक्त हल्लाको विजारोपण गरिदिएको थियो। आफ्नी बुहारीको आनीबानीका बारेमा महाराज ससुरालाई पनि जानकारी थियो। एकादेशकी ती युवराज्ञी एकताका लगातार तीन-चार दिनसम्म बिहान ४ बजे डिस्कोबाट फर्किएपछि महाराजले उनलाई आफूसामु हाजिर गराए। त्यसपछि पनि उनको डिस्कोगमनको आदत त गएन तर आगमनमा ढिलाइ हुन छाड्यो। यता, सासू महारानी भने असाध्यै सोझी थिइन्। उनी कम बोल्ने, कान पनि कम सुन्ने र बुहारी तथा नातिनातिनीलाई असाध्यै माया गर्ने गर्थिन्। देश-विदेश घुम्दा उनले गर्ने अधिकांश किनमेल तिनै बुहारी र नातिनातिनाका निम्ति गर्थिन्। महारानीकी एउटी छोरी थिइन् तर ती छोरीका निम्तिभन्दा बुहारीकै निम्ति उनको किनमेल बढी गर्थिन्। एकपटकको कुरा हो, ती युवराज र युवराज्ञी जापान, थाइल्याण्ड आदि नाम गरेका मुलुकहरू घुम्न गएका थिए। थाइल्याण्डको एउटा डिस्कोमा युवराज्ञीले एक बित्ताको मिनीस्कट लगाएर नाचेकी थिइन्। युवराजले उनलाई भने, तिमीले आफ्नै परम्परागत पोशाक लगाएको भए हुन्थ्यो, यहाँ कोही आफ्ना नागरिकले देखे भने राम्रो मान्ने छैनन्। युवराज्ञीले युवराजलाई ठाउँअनुसार लाउन र खान नजान्ने भनेर जवाफ दिएकी थिइन्। दरबारमा मात्र सधैं बस्न नचाहने युवराज-युवराज्ञीको जोडीको कहिले आफ्नो छुट्टै निजी निवास त कहिले घना जंगलको बीचमा भएको दरबारतिर पनि रातको बसाइ हुने गर्दथ्यो। एकपटक आफ्ना महाराज बाबु र महारानी आमा परदेश गएका बेला मंसिर महिनाको ४ गते राति १ बजे युवराज अकस्मात हराएपछि सुरक्षाकर्मीका पसिना छुट्यो। डिस्को, होटेल, रेष्टुरेण्ट, युवराजका सम्भावित जाने ठाउँहरू सबैतिर सोधियो, खोजियो, केही पत्ता लागेन। पछि थाहा लाग्यो युवराजलाई जाडो महिनाको त्यो मध्यरातमा शिकार खेल्ने शौख चलेछ र जंगलतिर गएका रहेछन्। सुरक्षाकर्मीहरूबीच निकैबेर खैलाबैला र दौडाधुप मच्चिएपछि अहिलेको समयमा जंगलमा राति जानु सुरक्षाको हिसाबले राम्रो नहुने सुझाव उनीहरूले दिए र युवराज आफ्नो निवास फर्किए। त्यो मुलुकमा भीषण द्वन्द्व चर्किरहेकोले जंगलमा बस्ने विद्रोहीहरूले कुनै पनि प्रकारको हमला गर्न सक्छन् भनी सुरक्षाकर्मीहरूले युवराजलाई संझाएका थिए। युवराज त्यसरी शुन्य रातमा बाहिर जानुको कारण पनि उनकी पत्नी युवराज्ञीको व्यवहार नै भएको विश्वास परिचरहरूले गरेका थिए। यसरी बाहिरबाट हेर्दा देखिने सुन्दर मुहारभित्र कति क्रूर र कुरूपता लुकेको हुँदोरहेछ भन्ने बुझेका युवराजले आफ्नो दुःख पोख्ने ठाउँ पनि पाएका थिएनन् र पत्नीलाई सच्याउने सामर्थ्य पनि उनमा हराइसकेको थियो। जब एक दिन ती युवराज्ञी महारानी बन्नेछिन्, त्यस दिन त्यस मुलुकका जनताले कति सास्ती पाउलान् भनी युवराज्ञीका बारेमा जान्नेबुझ्नेहरू चिन्तित देखिन्थे। सौजन्यः घटना र विचार साप्ताहिक
Read Full Discussion Thread for this article