Posted by: m16 April 3, 2006
MESSAGE FROM RABINDRA !
Login in to Rate this Post:     0       ?        
मित्र प्रचण्ड जी धन्यवाद राजधानीवासीलाई केही दिनको राहात दिनु भएकोमा । तर सातदलले त तपाईलाई राजधानीमा मात्र युद्ध विराम गर भनेर भनेको त हामीले सुनेका थिएनौ । यो किस्तावन्दी युद्ध विरामलाई कसरी वुझ्ने नागरिक समाजले खै ? अव यो व्यक्तव्य पछि निकै सवाल जवाफ उठेका छन कसो साथीहरु ? १ काठमामाडौमा कतै वर्तमान सरकारको रवैयाका कारण त्रसित मानसिकताको उपज मात्र त होइन यो ? २. माओवादीका हिंसा हत्या रआंतकका कारण राजधानी वाहेकका माओवादी कै शव्दमा ८० प्रतिशत क्षेत्रमा आंतक फैलिएको छ । युद्ध विराम त्यहा हुनु पर्ने हो की होइन ? ३. तपाई व्यक्तव्यमा निरकुश सामान्तीतन्त्रका विरुद्धको अन्तिम र निर्ण्ाायक र्सधष भन्नु भएको छ त्यसको कुनै आधार प्रप्ट छैन । तपाईहरुको खाली गिलासलाई आधा देख्ने कथित आशावादी आत्मरक्षावादी र संझौतावादी चिन्तनको उपजमा रहेका सिद्धान्तले यदी यो तपाईको अन्तिम भनिरहनु भएको आन्दोलन दमनमा या संझौतामा तुहीने पक्का पक्की छ । त्यस पछि तपाईको आफ्ना कार्यकर्ता र तपाईले भन्ने गरेका ताकपरे तिवारी नत्र गोतामेका नागरिक समाजलाई के भन्नुहुन्छ । ४. तपाई पत्रमा भन्नु भएको मण्डले ति तिनै कमल थापालाई भएको हामीले महशुष गरेका छौ । तिनै कमल थापा र कमल थापा मार्कासग तपाई र तपाईका नेताले हापुरेमा खाइपिइ उठवस गरेको प्रमाण तपाईले भन्ने गरेका नागरिक समाजसग प्रमाण यद्यपी हुनु पर्दछ । कमल थापा सग डा. वावुरामले कानेखुशी गरेका तस्विर पनि हामीसग प्रमाण हुदा हुदै मण्डलेको उपमामा दिनु भएको छ । हामी स्वतन्त्र नागरिकले कसरी वुझ्ने ? मण्डलेले तपाईलाई आंतकारी भन्छ आंतककारीले मण्डले भन्दछ । वास्तवमा दुवै खराव हुन भन्ने कुराको यथेष्ट प्रमाण जनतालाई पुग्दैन र ? ५. अर्कोकुरा शान्ति जोडिएको लोकतान्त्रिक आन्दोलनमा तपाईहरुको हिंसा हत्या रआंतकको कुनै जरुरत पर्दैन । सातदलहरुले भनि सकेका छन र यति सम्मकी माओवादीहरुको हिंसा हत्या रआंतकको सहकार्य उनीहरुलाई स्विकार्य हुदैन । त्यति मात्र होइन तपाई र तपाईका कथित कार्यकर्ताहरुले सातदलसग १२ वुदे संझौताको पुनमूलयांकन गरेको हप्ता दिन वित्न नपाउदै परिक्षा दिइरहेको परिक्षाकेन्द्रमा अत्यन्तै अमानवीय तवरवाट वम विष्फोटन गर्राई थप आंतककारीताको परिचयन दिनु भएको छ । ५. अर्कोकुरा तपाईको व्यक्तव्य तपाईहरुमा यो स्प्रष्ट छ की शान्तिपुण आन्दोलनको विकल्प छैन भन्ने कुरा महशुष गरिसक्नु भएको छ जुन तपाईको व्यक्तव्यको अन्तिम वांकशले प्रष्टाउदछ । कि होइन ? नत्र तपाईको युद्ध विरामको औचित्य के ? तपाईले काठमाडौमा युद्ध विराम नगरेको भए सायद यो आन्दोलन चर्कने पक्का पक्की थियो । तपाईका जति सुकै गुलियो भाषामा व्यक्तव्य निकाले पनि आखिर यो राजा ज्ञानेन्द्राकै वचावटको लागि गरिएको प्रपञ्च होइन भनेर कसरी विश्वास गर्ने ल भन्नुस त !! आदरणीय पाठकहरु यो कुरालाई मनन गर्नुहोस त । जनता माओवादी र सातदलको सयुक्त हुरिले राजतन्त्र फाल्ने अन्तिम तयारीमा लागेको वेलामा माओवादीले एकाएक अनायसमा युद्ध विराम त्यो पनि किस्तावन्दी गरेर अन्ततोगोत्ता राजा ज्ञानेन्द्रको पृष्ठ पोषक भएको कुरालाई हामी सवैले वुझ्न जरुरी छ । तर्सथ प्रचण्डजी , आज तपाईको किस्तावन्दी युद्ध विराम मात्र र्सार्वजनिक हुदा पनि हामी निकै हौसिएका छौ । जनता तपाईको यो किस्तावन्दी प्रति कृत्यज्ञ छन तपाई सातदलले भने वमोजिम पुरै देशमा सदाका लागि युद्ध विराम गरेर राजनैतिक मुलधारमा र्फकनु भयो भने जनता प्रफुल्ल हुने छन । तपाईका मित्र रविन्द्र
Read Full Discussion Thread for this article