Posted by: Bhaute March 30, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
:-) लु ! यो पुरानो धागो त यहाँ निस्केछ फेरि। एक से एक ईतिहासकार बाबुराम आचार्य। माने साथिहरुलाई। रुम *१३ एट्याच रे ! हे हे। म चैँ सि ब्लकको ११५ मा थिएँ। मज्जाले ४ वटा हिटर बालेर मेरिज खेलेर बस्दा सँग्रौला बुढो ट्याक्र्याक्क आएर क्या बोर। रिसले आगो बनेर एक शब्दै नबोलि फनक्क फर्केर हिँडे बुढा त। :-) अझै जावस है मित्रहरुको कविता। हाम्रो "गिती-इतिहासलाई" निरन्तरता दिउँ। टोप बहादुर सर को एउटा वाक्य कहिल्यै बिर्सन सकिएन। चोर्नै परे पनि स्यान्डरको किताबबाट चोर्नु नि, खुर्मीको किताप सारेर पनि नम्बर आउँछ त? हा हा। पि एन एसको अन्डरको स्ट्यान्ड भयो कि भएन केटा हो? पनि उत्तिकै घत लाग्दो छ :-) जय ! पुल्चोके ! जय ! टोप बहादुर सर ! चुकुल नभा' ट्वाइलेटमा गीत गायो फेरि पुल्चोकको याद आयो :-) -भउते
Read Full Discussion Thread for this article