Posted by: Jhilka March 26, 2006
Deuba in DC
Login in to Rate this Post:     0       ?        
देउवाजीको भाषण र प्रश्‍नोत्‍तर सुन्‍न पाईयो। आरजुजीले पनि आफ्‍नो मन्‍त्‍ब्‍य राख्‍नुभो। उँहाहरुका कुरा सुनेर लागेका मेरा ब्‍यक्‍तिगत धारणा र टिपोट: -नेपालीको दुर्भाग्‍य भनौ देउवा तीन पल्‍ट प्र. म. बने। न त सुधरिने संभावना छ, न त उँहाले चेतेको जस्‍तो छ। -देउवाले भने, "by temparament and character, this king is not a democrat..." किन यत्रो समय लाग्‍यो यति बुझ्‍न? राजा र प्रजातत्रँ सगँसगै जाने कुरै छैन। इतिहासले देखाइसकेको छ। तु. गिरीले पनि यही कुरा दोहोर्‍याएका छन। तर पनि भोलि राजाले प्र.म. खान दिए चाटेर लिनेछन। -आफ्‍नो प्रधानमँत्रित्‍वकालमा बिशेष के के योगदान गरे र अबको रोडम्‍याप के हो भन्‍ने कुरामा देउवाले असक्षमता र असमर्थताका साथै अनभिज्ञता पनि प्रकट गरे। अरु के लेखम? यस्‍ता नेताले हामीलाई खाडलमा मात्र हालने हो। -देउवा आफैआफ नालायक र हाँसोको पात्र भएर जाने तर यसमा देउवा प्र.म. हुनमा काँग्रेसमा गिरीजाको नातावादी र भ्रष्‍टचारी नेतृत्‍व धेरै हदसम्‍म जिम्‍मेवारी छ। -आरजुले फेरि आफुलाई जुदृ शमसेरको नातिनी र सभ्रान्‍त परिवारको भएको याद दिलाए। ती लाइनहरु उहाँका बिशेष गरेर बिदेशीहरुसगँ कुरा गर्रदा ऊनीहरुलाई मक्‍ख पार्रन बराबर दोहोराईने वाक्‍यहरु जस्‍ता थिए। -बिदेशीहरुले नेपालीहरुमाथि शोध गरेर नेपालीहरुलाई शोध, शैक्षिक र पर्यटनको बिषयहरुमा सीमित राख्‍थे; अब यो हुनेखाने नेपालीहरुले पनि अपनाएका छन। -भ्रष्‍टचारका कुरामा देउवा चुप छन। कसरी उहाले नारायणथानमा दरवार बनाए। अमेरिकामा सपरिवार कुन पैसामा आए। जनताका सेवा गर्रने भन्‍नेले यी सब प्रश्‍नको जवाफ प्रष्‍टसगँ राख्‍नपर्‍यो। -तपाई दुवै नेपाली महिला र बालबालिकाको हित र स्‍वास्‍थ्‍यको चिन्‍ता राख्‍ने भए किन त्‍यतिका महिला र बालबालिकाहरु औषधिउपचार नपाई मरिरहेका छन, दुख भोगिरहेका छन? बिदेशीहरुसगँ हात फैलाएर पैसा लिइ काम भइरहेका छन भने अर्कातिर सभ्रान्‍त परिवारका र पाचँतारे होटलाका मालिक हेलेन शाहलाई औषधिउपचार गर्न किन सरकारी खर्चबाट तीस लाख रुपिया दिनुभयो तपाई प्र.म. भएका बेलामा??? किन?? -माओवादी, राजावादी, खाओवादी, एमाले होमाले र सात दलले पनि केही गर्ला भन्‍ने आशा कमै राखे हुन्‍छ। -देउवाजीलाई एउटा सुझाव के भने उँहा फेरि देशको नेतृत्‍व गर्ने इच्‍छा भए जनतामुखी हुनपर्‍यो। राणाजीहरुको चालखेलमा चलनुभएन। चँखे बाहुनहरुको जालझेलमा नपरी देशको सोझा जनताको दुखमर्का बुझिदिनपर्‍यो। (सबै बाहुनहरु चँखे र चालवाजी छैनन, सोझा र सेवी पनि छन) -आफ्‍नो सम्‍पुर्ण सम्‍पति सार्वजनिक गर्नपर्‍यो। यो नै गिरिजा र माकुनेलाई ठुलो चुनौती हुनेछ। माओवादीका जनमुखी र जायज कार्यक्रमहरुलाई आफनो दलको घोषणा पत्रमा हालिदिए माओवादी प्रतिको आकर्षण र समर्थन विस्‍तारै घटेर जानेछ। -सँबैधानिक सभाका लागि तपाईले समर्थन गर्रनुभो। त्‍यसमा चाँहि तपाईले राजासँगको रिसले होईन दुरदर्शिता साथ साँचो समर्थन गर्नुभएको होला भन्‍ने लाग्‍यो। -तर तपाईले आफ्‍नो मुल धारणा र कार्यसम्‍पादन अनि प्रस्‍तुतिमा आमुल परिवर्तन नगरे तपाईलाई ईतिहासमा सदैव असक्षम भु.पु. प्र. म. भनेर मात्र चिनिनेछन जसले तीन पल्‍ट प्र.म. हुँदा पनि केहि गरेनन जनताको निम्‍ति। लढनोस साँचो गणतत्रका लागि - तपाईका साथ दिनेछौ। लढनोस समावेशी प्रजातत्रका लागि, तपाईका साथ छौ।
Read Full Discussion Thread for this article