Posted by: Bhaute March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
:-) मायाँ मारेको हैन, डल्ली जी। कामले अलि अचाक्लि नै पेलेर हो। यति रमाइलो चौतारी र साझालाई किन मायाँ मार्थेँ। क्यै नभे' नि म:म:लाई अचार बनाउन जानिन भने हजुर सँग सोध्न त आइहाल्छु नि। अस्तिनै हजुरले जे जे भन्नुन्छ त्यै त्यै गरेर बनाको। सप्पै कुरा हजुरले नै भने जति राखेँ। अनि नुन चैँ आवश्यकता अनुसार भन्नु भा'रेछ। झ्वाम्म नुन हालेर धेरै मीठो बनाउँछु भनेको त, उफ ! रात भरि पानी खान उठ्दा उठ्दा हैरान भो। पानी खान उठ्दा फेरि दादा जस्तै एउफेरि साझामा छिरेर न चियाइकन निन्द्रा पर्थेन त्यो बेला। बिजोकै भो नि। :-)
Read Full Discussion Thread for this article