Posted by: kumale March 19, 2006
PARAS SAHA
Login in to Rate this Post:     0       ?        
युवराजको भ्रमणका लागि १९ लाख 'पकेट खर्च' श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव तथा श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह अस्ट्रियाका सङ्घीय चान्सलर वुल्फग्याङ सुसलको मैत्रीपूर्ण निमन्त्रणामा अस्ट्रियाको औपचारिक भ्रमणका लागि दुबईबाट त्यसतर्फ सवारी होइबक्सेका छन्। मौसूफहरु आइतबार संयुक्त अरब इमिरेट्सको दुबई सवारी होइबक्सेको थियो। युवराज-युवराज्ञी अस्ट्रियाबाट फ्रान्सको समेत भ्रमणमा गइबक्सने भनिए पनि त्यहाँ मौसूफहरुको के कार्यक्रम रहेको छ भन्ने बारे केही जानकारी सार्वजनिक गरिएको छैन। मौसूफहरुको भ्रमणका लागि सरकारले १९ लाख रुपैया पकेट खर्च निकासा गरेको सम्वध्द सूत्रहरुले जनाएका छन्। भ्रमण अगावै अस्ट्रियालाई 'उपहार' दिन भनी २ वटा गैँडा त्यता पठाउने काम भइसकेको छ। parewa.com/ums/19 Mar, 2006
Read Full Discussion Thread for this article