Posted by: Shaiva March 18, 2006
Deuba is coming. What do U want to say?
Login in to Rate this Post:     0       ?        
Hey Nepricans, is there any way you can find some work for Deuba and his wife in Amrika so that he never comes back to Nepal? This guy is never going to learn. Read the latest: "देउवाको कारण सात दलको बैठक स्थगित शुक्रबार, १७ मार्च २००६ आन्दोलनरत ७ राजनीतिक दल र नेकपा माओवादीका नेताहरुबीच दिल्लिमा भएको सहमती अनुमोदनको बारेमा शुक्रवार काठमाण्डौ बसेको शिर्षस्थ नेताहरुको बैठक बिना कुनै निर्णय स्थगित भएको छ। अर्को बैठक ६ चैत्र बिहान साँढे ८ बजे बस्नेछ। बैठक किन स्थगित भयो भन्ने बारेमा केही खुलाइएको छैन। स्रोतहरुका अनुसार माओवादीले अघि सारेको प्रस्ताव अनुसार आन्दोलन अघि बढाउन काँग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा राजी नभएका कारण वैठक स्थगित भएको हो। नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगंजस्थित निवासमा आयोजित बैठकमा अरुभन्दा ढिलो पुगेका देउवाले शुरुमै 'के हो जता ततै कम्युनिष्टै कम्युनिष्ट देखिन्छ नि, एजेण्डा पनि कम्युनिष्टको मान्छे पनि कम्युनिष्ट' भनेपछि हाँसो गुन्जिएको थियो। त्यसपछि काँग्रेस सभापति कोइरालाले देउवालाई छुट्टै कोठामा लगेर कुराकानी गर्नु भएको थियो। कोइरालासँगको वार्तामा निक्कै चर्को बोलेका देउवाका कुराहरु बाहिरसम्म सुनिएको थियो। “गिरीजाबाबु, माओवादी विरुद्ध सेना परिचालन गर्ने, टाउकोको मुल्य तोक्ने, रेडकर्नर जारी गर्ने र संकटकाल घोषणा गर्नेलाई नै भन्दै हुनुहुन्छ, माओवादीको एजेण्डामा आन्दोलन गरौँ भनेर? यो हुनै सक्दैन।” देउवा भन्दै हुनुहुन्थ्यो, “हामी माओवादी एजेण्डामा गएर आन्दोलन गर्न जरुरी छैन। तपाईहरु गएपनि म जानेवाला छैन। १८ असोज पछि पनि मैले एक्लै आन्दोलन गरेकै हुँ, फेरी पनि म एक्लै जान तयार छु, तर माओवादीसँग कुनै पनि हालतमा आन्दोलनमा जान्न।” करिब ५–७ मिनेट जति देउवासँगको असफल वार्ता पछि कोइराला बाहिरिनु भएको थियो। त्यसपछि वैठक स्थगित गरियो। सभापति कोइरालाले पारिवारीक जमघटमा देउवाको प्रस्तुतीलाई 'अचम्म लाग्दो' बताउनु भएको परिवारका एक सदस्यले हिमालखबरलाई बताए। वैठकमा आउनु अघि देउवा विहान साँढे १० बजे नेपाल भ्रमणमा रहेका चिनिया स्टेट काउन्सिलर ताङ जियाक्वाङसँग होटल हायात रिजेन्सीमा भेटवार्ता गर्नु भएको थियो। करिब आधा घण्टा लामो भेट पछि देउवाले सम्वाददाताहरुसंग स्टेट काउन्सिलरले 'संवैधानिक शक्तिहरु मिल्नुपर्ने बताएको' जानकारी गराउनु भयो। त्यसपछि केही समय होटलको लबिमा विताएका देउवा पुनः सोहि होटलमा स्टेट काउन्सिलर सि–क्वाङको सम्मानमा चिनिया दुतावास र नेपाल चिन अध्ययन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मदिरा सहितको शान्त दिवा भोजमा सरिक हुनु भयो। हायातबाट करिब २ बजे बाहिरिका देउवा भिसाकालागी आवश्यक पर्ने 'फिंगर प्रिण्ट' दिन याक एण्ड यति होटलस्थित अमेरिकी दुतावासको भिसा कन्सुलर सेक्सनमा पुग्नु भएको थियो। त्यहाँबाट ४ बजे मात्रै उहाँ वैठकस्थल महाराजगञ्ज पुग्नु भएको थियो। देउवाका सहयोगी प्रकाशशरण महतका अनुसार त्यसबीचमा देउवा देउवा आगामी सोमबार सपत्नि अमेरिका जाँदै हुनुहुन्छ"
Read Full Discussion Thread for this article