Posted by: Dada_Giri March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
हाम्रा गोताएँको कविता चोरिएछ। --- नेपाली साहित्य: (साहित्य विविध ) Home -------------------------------------------------------------------------------- एक जुग भयो विदेशिएको म (कविता) -देव गुरुङ March 13th, 2006 -देव गुरुङ खण्डहर जस्तो घरको मझेरीमा दुखी वुढी आमालाई छोडेर पहिरो छेउको आगन डिलमा दमको रोगी वुढो बा लाई छोडेर मैलो टोपीले आँसु पुछ्दै एक जुग अघि विदेशिएको म हेर उज्यालोले शहरमा पाइला नटेक्दै जुनेली रातको वैश नढल्दै म नापिरहेछु यी विरानो सडकहरु पोखिरहेछु पसिना यो विरानो माटोमा हर्राई रहेछु यो विरानो देशमा एक जुग भयो विदेशिएको म हेर प्रेमीले प्रमिकालाई जिस्काए जस्तै मलाई जिस्काइ रहेछ मेरै भाग्यले कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी घरको एक तल थप्ने आशमा तीन तल परि सकेछ निधारमा एक जुग भयो विदेशिएको म हेर बिर्सेको छैन मैले दशै तिहार र ल्होछार टीका, जमरा र सयपत्री फूलहरु अनि घाँटो सोरठी र त्यो रोधी घर छाती भित्र सुटुक्क मेरो गाउ राखेर पैतला भरी मेरो देशको माटो वोकेर एक जुग अघि विदेशिएको म हेर एक जुग भयो विदेशिएको म घाचोक कास्की हालः हङकङ - http://www.hknepal.com/literature/?p=108
Read Full Discussion Thread for this article