Posted by: Birkhe_Maila March 16, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कथा-
आफ्नो विम्ब खोज्दै,
हिँड्दै थिएँ।
थाहा छैन,
ठेस लागेर म कतिपटक लडेँ।
कयौँ पटक म सयौँबाट धकेलिएँ!
तर हरेक पटक म घस्रँदै भए पनि
बामे सर्दै गएँ त्यहि विम्बको खोजिमा।
अनि कतै पानी भेटेँ, नियालेँ।
तर विम्बलाई छालले भत्कायो।
त्यो हलचल थामिने प्रतिक्षा गर्दा गर्दै
समयले मेरो कानमा कानेखुसि गर्यो,
‘मूर्ख! विम्ब पानीमा हैन ऐनामा देखिन्छ!’
फेरी खोज्न थालेँ
तर यसपटक ममा धैर्यता थिएन अघिको जस्तो
किनकि, समय अझै मेरो कान फुक्दै थियो-
‘छिटो गर्!’
एऊटा शहरमा पुगेँ,
जहाँ हजारौँ म जस्ता मानिस
ऐनामा आफ्नो विम्ब हेरिरहेका थिए।
जति जति म उनिहरुलाई हेर्थैँ,
त्यति त्यति मेरो धैर्यता गुम्दै जान्थ्यो।
ति प्रशन्न देखिन्थे, सुखि देखिन्थे!
एऊटा मेरो नजिक आयो!
मैले हातले उसलाई बिस्तारै कोट्ट्याएर भनेँ-
“भाई बधाई छ!”
तर पुलुक्क म तिर हेरेर उसले भन्यो-
“दाई ऐनै ऐना बिच
एउटा ऐना खोज्दै छु साँचो विम्ब हेर्न”
म अवाक भएँ!
ऐना छान्न र ऐना किन्न पनि पाइने रेछ!
यहि भिडहरु बिच एऊटा ऐना मैले भेटेँ!
सम्पूर्ण शक्ति र ध्यान लगाएर
मैले ऐनामा हेरेँ।
बिचमा चर्किएको देखेँ।
चर्किएको ऐनाले मलाइ हेर्यो,
म दुई टुक्रा भएँ!
समय हाँस्दै थियो,
म समय भन्दा ढिलो रहेछु!!!