Posted by: Birkhe_Maila March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
कामको चटारो ले चाइन्जो झटारो हानेसि केई कुरो नि मिल्दैन रे। मेरो नि एस्तै भो गाम्लेओ। एता समाउँछु उता फुस्किन्छ उता समाउँछु यता चेप्टिन्छ। हुँदा हुँदा काँ सम्म भने यो कुइरेओ के जाति सिप्रिङ बिरेकाँ समेत सपैजाना फुलोरिडातिर समू्न्दओ किनाराँ होलि खेलिरा बेलाँ आफ्नो भने हातमा कलम, साथमा कागत, पेटमा पाउरोटी त्यो पनि कइले मिल्ने कइले नमिल्ने! अनि गाथमा कसरि आराम होस त। साझाँ नआओ गोडा दुएक दिन भएछ आफुलाई भने एउडा जुग बिते अस्तो लाओ। अइले नि यो 'नाऊँ खाने कथा' चलिरा रेछ। कोइको मिलो कोइको मिलेन। अब ककस्को मिलो ककस्को मिलेन त्यो त किन भनिरन परो र हैन? जे होस गाममा मुन्छेरु आइराका रेछन रमाईलो लाओ। गोताएँलाई सुपुत्री लाभ भएको मा मेरो तर्फ बाट बधाई छ!! सपैको घरबार भ' र छोरा छोरी लाभ हुँदा मुलाई भने एउडा गिद गाम्न मन लाओ फेरि- सुपारी खाँदै कुटुमा कुटु सपैको घरबार सुटुमा सुटु तरुनी हाँस्छन मुसुमा मुसु साईँला आफ्नो बने मन रुन्छ धुरु धुरु पानीमा मिठो कलधारा हिटि जतामा हेर्यो नक्कलि ठिटि तरुनि देख्दा मन भिटिभिटि साईँला भगाइल्याउँ त गाउँघरमा गर्छन खिसि मिठोमा भन्नु भैँसिको दइ खाने मन छैन कत्ति नि लइ ठुलिकान्छी पनि तरुनी भइ साईँला बाबुले कुरा बुझेनन् खै..
Read Full Discussion Thread for this article