Posted by: Poonte March 15, 2006
Login in to Rate this Post:
0
?
भउते चईं हरा’को हराई भो, गाँठे! पिर परो। कतै माउबादीले त लगेन? कतै सेनाको थुनामा त परेन? कि दिल्ली तिर सन्ट्री बस्न पुगो? कैन डाँडोको चिसो ले जम्यो कि बज्जे? कोई नजिकै भए त तीन बाल्टिन उम्लेको पानी ह्वात्ह्वाती खनाईदिए त फेरि जाग्थ्यो कि? हुन त के खोजाई र जगाई भो र बज्जेलाई? ऊ नहुँदो, बल्ल साली जो भेना कै काखाँ लुटपुटिन आ’ छे के रे!
सिरेले भगाएर बरोक बैक मुनटिन लगो भनम् भुने नि सिरे टुप्लुक्क देखा परि हालो। तो नि झिलिक्क देखा परो, अनि मिलिक्क बिलाओ फेरि। काका भन्छ मलाई पो बिजुली! बिजुली हुन्च त सिरे जस्तो जो! छोए नि करेन लाग्नी।
गोताएँकी दुलईले नि ब्याईछे। भो त अब? सारा दम्तरीहुरले भटाभट ब्याउन थालेसि आफूलाई नि रोपाईं अरम् अरम् रहर लाग्नि! जे होस्, बधाई त दिनै परो बज्जे लाई नि। लु, छोरी पाईछस्, सुत्केरी को नामाँ भालेको टाउको चपाईस् होला के रे। परिवार नियोजनकाहुरले पोहोर सम्झाउन आ’का थे। धेरै भए दिक्क, टुईटा भए ठीक्क भन्थे जो, खयाल अर्नु!
अनि, ए, काको! धोबिनीको आफ्नै पोई हुन् पो मुलाई नाठो भन्नि! तो वल्ला घरे बिरेको छोरो पल्टनाँ हुँदा जो उसकी जहानले तँलाई पालेको जस्तो हो र? मेरी धोबिनीको त अरु कोई छैन, न पल्टनाँ, न मुगलानाँ, न सहराँ। अब गाम मै भको भए त यो पुन्टेको खप्पर फोडी सक्थो अईले सम्मुन।
लु, अचेल आफ्नै दम्तरीहुर हराओ के रे। केटा केटी आए, गुलेली चलाए, मट्याङ्ग्राआ सत्त्यानास् भुने जस्तो नौटंकी हेर्दै बस्नु जो परेछ अचेल मुलाई नि। कईले भउते र सिरे आउला र प्यार प्यारति बोलम्ला भुनेर कुरेको आफू। उनेरुलाई लाए लाओ, हैन भुने म नि लागें अब पाखातिर।