Posted by: panpate March 15, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
नमस्कार है सबैलाइ यो नाम खोज् चौतरीमा सम्पुर्ण श्रस्टा हरु नाम् जुराउँन लागि पार्नुभा रहेछ् मलाइ पनि केहि राख्न मन लाग्यो क्या भर्खरै यो किताब् पढेको तेहि भएर है................... .........................धनपति मागे भिक्, मेरा नाउँ ठिकका ठीक" अब नाम के राख्न्नेत? बिभिन्न शास्त्रेय नाम देखि आफुले आज सम्म हेरेका फिल्म का, उपन्यास र नाटकका पात्रहरुका सारा नाम छान्न थालें, इस्टमित्र सबका नाम् सोच्न थालेँ म आफ्नो नाम आधुनिक भाबपुर्ण र आफुसुहाउँदो राख्न्न चाहन्थेँ पल्लो गाउँका ठुले जो हाप्तामा तीन पटक भेडो काटेर बेच्थ्यो उस्को नाम् बुध्नरत्त्न रे... पिडालुटारका सुब्बा भनेपछि गरिबगुरुवा सबै थर्कमान हुन्थे । दुइ मुठ्ठा प्याज बेचेको पैसाले दुइ हजार सम्म ब्याज लगाउना सक्ने उन्को नाम् दयाबिर रे.... छुच्चोमा खोज्न गय तीन सहर नेपाल बर्णायका हाम्रा जरसाहेबको नाम् दानबीर रे............ टाढा किन जानु! दिनको तीन् पेग र पुलाउबेगर नहुने हाम्रै छिमेकिको नाम् शिवभक्त रे ....... येसैले येस्ता स्वभाब नमिल्ने नाम् रख्नुभन्दा बेनामि नै बसुँजस्तो मलाइ लग्यो। मेरी अर्धाङगिनि पनि आफ्ना पतिदेव्लाइ अरुले "कालु" भनेकोमा खेद लागिरहेकै थियो। तेस्यैले उनि पनि मेरो नाउँ फेर आन्दोलनमा ज्यु ज्यानले लागेकि थिहिन् । येकदिन उनले भनिन् उसो भये हजुरकोनाम् सुन्दर राख्न्ने । मलै पनि रक्मैलो नै लाग्यो तर झलक्क सम्झेँ आफ्नो नाम् त सुन्दर राखौँला तर सुन्दरकी पत्त्निलाइ कसैले सुन्दर पत्त्नि वा सुन्दरी भनिदियको खण्डमा के होला? जेहोस् सुन्दरै राख्न्नु पर्यो भनेर सम्झँदै थियेँ हाम्रा नेत्रबहादुर् काका तुप्लुक्कै आइपुगे। दुइतैइ आन्खा चिम्सा भयेका हाम्रा काकालाइ अक्षर हेर्नुपर्‍यो भने चास्माभन्दा माथि पनि हातले ओझेल पारेर हेर्नुपर्थ्यो। जुन् गोरुको सिङ्ह् छैन उसकोनाम तिखे भन्ने न्यायाअनुसार् उनको नाम् नेत्रबहादुर् रे भन्ने सुन्नासथ् हाम्री दुलहि खिल्ल हाँसिन्। ............................................................................................ शाभार: "नाम् फेर्ने धुनमा" भैरब् रिसाल "काउकुती"
Read Full Discussion Thread for this article