Posted by: world_map March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ए प्रिती जी, तपाईले मास्टर्नी दिदीको नामको पुरस्कार नपाउनु भएको कारण चैं तपाइको उत्तर नै मिलेको थिएन क्यारे। सबभन्दा पहिले दादाले दिनुभएको अक्षरको हिन्ट नै मिल्याछैन भन्दै हुनुहुन्छ नि मास्टर्नी दिदीले। मास्टर्नी दिदी र दादासँग यस कुराको 'कन्फर्म' गर्नुहोला। नेपालीमा लेख्न चैं यो कमेन्ट लेख्ने ठाउँभन्दा माथि 'Roman to Unicode Nepali Converter' भन्ने लिङ्कमा क्लिक गर्नुस् र अंग्रेजीमा लेख्नुस्, आफैं नेपाली मा परिवर्तन हुन्छ। नमेको नामको पुरस्कार चैं तपाईले नै पाउनुहोला कि जस्तो पो लाग्यो। मिल्यो कि मिलेन नमेले नै भन्ला नि। मलाई पनि क्वीज असाध्यै मन पर्छ। त्यसैले पहिले केही क्वीज गर्ने गर्थैं, तर अचेल अलि बिजी छु, पछि फुर्सदमा गरौंला नि मज्जाले, भाग लिन न भुल्नुहोला। अनि तपाईको नाम अर्कै रहेछ, मैले त पत्याईरा', म अरूको कुरा अलि चाँडै पत्याइहाल्छु क्या, कस्तो नराम्रो बानी है मेरो? अनि मेरो नामको क्वीज चैं पछि गर्दै गरम्ला, पहिले अरूको नै गरम् न। बिर्खे माईल्दाई, रमाइलो गीत बजाउनुभो मैना र मेरो, म धनकुटामा केही वर्ष बसेको थिएँ, तर धेरै सानोमा, दुइ तीन वर्षको थिएँ क्यारे। :)
Read Full Discussion Thread for this article