Posted by: Birkhe_Maila March 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हे हे हे पानपातेले हँसाओ!
एसपाली पिर्तीले गरेओ गेस मिल्ला अस्तो लाओ मुलाइ। ल है नमे तिम्रो नाउँ तेइ हो भने भन
चित्रे-
धनकुटा हिलेS दिल चित्तै मिले
हे माया जाउँ हिँड पाख्रिबास
मरिजाने चोला जे हुन्छ होला
हे माया तिम्रो नै लाग्छ आस
मैना-
आधा उमेर तिम्रो गै सक्यो कठै
हे बरै अझ गर्छौ के को आस
तमोर खोला त्यो ढुङ्गे बगर
हे बरै लाग्दैन तिम्लाई लाज
चित्रे-
सुन्ताला जुनार निबुवा भोगटे
हे माया रस आउँछ आउँदैन
घर छोडि आको आफ्मो कोई नभाको
हे माया बास पाउँछ पाउँदैन
मैना-
जुत्तामा लाऊने त्यो कालो पालिस
हे बरै कपालमा लाएछौ
जता देख्यो राम्री तरुनि हजूर
हे बरै उतैतिर धाएछौ
चित्रे-
रातोमा सिन्दूर त्यो गोलो टिका
हे माया गाजलपो लाउने कोश
माइत घर बसि छोरा पाऊने भैछौ
हे माया नलाऊनु मलाइ दोश
मैना-
अल्लारे दाईको जोस मात्रै ठूलो
हे बरै रइनछ केहि होश
हात्ति पाल्न भन्दा स्वास्नि गाह्रो भन्छन
हे बरै नलाऊनु मलाइ दोश
चित्रे-
माङमाङ्गे खोला बाढि है आयो
हे माया ढाकेर बगर
एऊटा स्वास्नि पाल्न नसक्ने हैन
हे माया मन्मा सुर्ता नगर