Posted by: Birkhe_Maila March 11, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नेपाली कान्छाजी, आँधीहुरी सकिएर ऊज्याला दिनहरु अबश्य आउनेछन्!! राम्रो भावना! अझै पढ्न पाइयोस है? चित्रे, हुन त म पनि सिकारु हो तर अहिलेको तपाईँको कविता हेर्दा मलाइ तपाईँको कवितालेखनमा वयस्कता थपिँदै गएको जस्तो लाग्यो! धेरै राम्रो छ भावना र कविता बुनाई दुबै! म संग केहि छैन अहिले! कविता बनाउँदै गरेको खेस्रा राख्दै छु है त :) अनिश्चितता- तिम्रो आँखाको आमन्त्रण! के म मात्रै हुँ त, यसको भावमा डुब्ने? तिम्रो हाँसोको सुन्दरता! के म मात्र हुँ त, यसको छायाँमा बाँच्ने? तिम्रो बोलिको मादकता! के म मात्र हुँ त, यसको नशामा लठ्ठिने? तिम्रो चालको लचकता! के म मात्र हुँ त, यसको तालमा मात्तिने? हे सुकुमारी!! प्रतिस्पर्धा मलाइ गर्नु छैन यहाँ किनकी मलाइ थाहा छ, यो भिडमा म अलि अलग छु तिम्रो माया बोकेर उभिएको! तर आत्तिन्छु; कहिँ कतै भिडको पहिलो व्यक्तीमै, तिम्रो यात्रा टुङ्गिन्छकी भनेर!!
Read Full Discussion Thread for this article