Posted by: ALSON Nepal March 11, 2006
Little Buddha: Run away
Login in to Rate this Post:     0       ?        
http://www.parewa.com/newsview.php?id=1379 निराहार तपस्यामा बसेका बम्जन गायब दस महिनादेखि वाराको जंगलमा निराहार ध्यान गरी रहेका तपस्वी रामबहादुर बम्जन शनिवार बिहानैदेखि हराइ रहेका छन्। भक्तजन बम्जनलाई बुद्धको अवतारको रुपमा पनि लिने गर्दथे उनी रतनपुरीस्थित चारकोसे झाडीमा जेठको शुरुदेखि निरन्तर तपस्या गरी रहेका थिए। बस्दै आएको ठाउंबाट अकस्मात गायब भए पछि उनको खोजतलास भैरहेको अधिकारीहरुले बताएका छन्। बुद्धत्व प्राप्तीकालागी भनी २९९ दिनसम्म तपस्या गरि सकेका १६ बर्षीय रामबहादुर बम्जन शनिवार बिहानदेखि हराएका हुन्। उनको सुरक्षाकालागि खटिएका १२ जनालाई समेत थाहा नदिई उनी एकाएक हराएका छन्। वाराको रतनपुरीस्थित चारकोसे झाडीमुनी उनी निराहार तपस्यामा थिए। महिनौंसम्म एकान्तमा तपस्या गरेको घटनाहरु बिगतमा अन्यत्रपनि सुनिन्थ्यो। तर यति लामो समयसम्म केही नखाइ तपस्या गरेको भनिएका बम्जनले सबैलाई चकित पारेका थिए। तर उनको तपस्याको बास्तविकता बारे हालसम्म कसैबाट अनुसन्धान समेत भएको थिएन। दस महिनासम्म निराहार तपस्यामा बसेका भनिएका तपस्वीलाई हेर्न ठूलो संख्यामा मानिसहरुको घुइंचो लाग्ने गर्दथ्यो। तपस्या ब्यवस्थापनका लागि गठन गरिएको मनबुद्ध तपोवन संरक्षण समितिका स्वयंसेवकहरुको सुरक्षामा रहंदै आएका उनी कसैलाई थाहा नदिइ रहस्यमय तरीकाले हराए पछि हाल उनको खोजतलास सुरक्षा निकाय र स्थानीय बासिन्दाद्वारा भैरहेको छ। तपस्यास्थलमा आगन्तुकहरुको भीडका कारण होहल्ला भइ तपस्या भंग हुन सक्ने भएकोले उनी अन्यत्र एकान्तस्थलमा गएको अनुमान उनका सहयोगी पूजारी प्रेम लामाको छ। तर एकाएक हराए पछि अड्कलबाजीको लहर पनि फैलंदै गएको छ।
Read Full Discussion Thread for this article