Posted by: Poonte March 10, 2006
Login in to Rate this Post:
0
?
कहिले लेख्ली र कहिले पो च्यात्ली भनेर कुर्दा कुर्दा हैरान भो रे भुसतिध्रेलाई। अनि त
साह्रै अतेस लाएर तिम्रो चिट्ठी पाउन अघि नै भुसतिध्रेले जवाफ लेखि सकेछ! “लैदिने
भए लैदे, हैन भने तँलाई निचोरेर डल्लो पार्दिन्छु,” भनेर धम्कायो के रे मलाई त! अनि
सुरुक्क ल्याईद्या छु उसको चिट्ठी तिम्लाई। च्याते च्यात, जलाए जलाऊ, पोको पारेर
आची पुछेनि पुछ रे! बाल मतलब छैन रे भुसेलाई!
“मेरी नन्नी-मुन्नी, भोली-भाली, प्याऽऽऽऽऽऽऽऽऽऽरी डि सि गाँर्ल!
तिमी त केटी मान्छे पो परेछौ, म त झण्डै झुक्की रा’। हो, तिम्रो मन त पग्लिन्छ। म
पो केटा मान्छे, त्यो पनि भुसतिघ्रे। मेरो मन त ज्यान गए नि पग्लिन्न। ढुंगै नभएनि
सुकेको गोबरको डल्लो जस्तो त अवश्य छ। गोबर ग्याँसको चुलोमा हालेर नजलाईदेऊ
मेरो मन। भुसतिघ्रेको तन जत्रो मन नि तेत्रै छ, शायद त्यो चुलोमा पनि नअटाउला।
तिमी पो केटी मान्छे। बगी रहेको सङ्लो पानी जस्तो सफा छ तिम्रो मन। म त भुसतिघ्रे
केटा मान्छे। बग्न नसकेको गुह्ये, हिले टुकुचाको पानी जस्तो छ मेरो मन। बग्नै नसके
नि बरु धोबी खोलामा रहन पाए हुन्थ्यो। मेरी धोबिनीको सम्झनामा सढेर बस्न हुन्थ्यो।
तिम्रो मन बरु सलललल बगेर जाऊ। बाग्मती बनेर बग। त्रिशुलीलाई बिचैमा भेट।
नारायणीलाई भेट। गंगासँग मिसेर हिन्द महासागरमा डुब। डुब्न अघि बरु मेरो साष्टाङ्ग
दण्डवत सुनाईदेऊ, गंगालाई। जमुना त निष्ठुरी छे, गंगालाई मात्र प्रणाम्!
टुकुचा मै भएनि तिम्रो मन पगाल्ने ठुलो रहर थियो। ओ, डि से! लोप गाँस्नी हो? पग्ल्यो
कि पग्लेन, कुन्नि? तर तिमी त केटी मान्छे, जरुर पग्ल्यो होला। पग्लेको मन बगेर
टुकुचामा मिसिन आए हुन्थ्यो। नपग्लेको भएनि कसैले त्यो तिम्रो मनको ढिस्को जुरुक्क
ऊचालेर टुकुचातिर हुर्राईदिए हुन्थ्यो।
आजलाई ईति। अरु मन नि पगाल्नतिर लाग्न प-यो। तिमी पो केटी मान्छे। तिम्रो काम
त पग्लिने। म त केटा मान्छे, मेरो काम चईं पगाल्ने। अरु नि करोडौं छन् केटी मान्छे।
अरुलाई पगालेन भनेर रिसाउलान्।
पग्लि सकेकालाई साधुबाद! पगाल्न बाँकीलाई फेरि एक पटक, “ओ बोईनी! लोप गाँस्नी
हो?”
तिम्रो पगालक,
नपग्लने ढुंगाको मुटु भरिको मायाको झट्टारो सहित,
उही,
भुसतिघ्रे!