Posted by: DC_Girl March 10, 2006
Diary of a woman
Login in to Rate this Post:     0       ?        
म त केटी मान्छे हु । केटी को मन न हो । पग्लिन्छ । एक दिन अपरिचित मान्छे ले फेरी आएर भन्नेछ- "म तिमीलाई माया गर्छु, अशाध्य" । मन न हो । बगिरहेको सङ्लो पानी जस्तो सफा छ मेरो मन । मैले नाइ भन्न स्क्ने छैन । तिमीले छोडेर गयोउ । मन च्यातिइन पनि पाएन, सहज सित। रात्भरि बटारिन्दै, कतै झिस्मिसेमा तिम्रो बोलि सुनेर बेला बेला झस्कन्दै, आँखा मिच्दै उठे म- ति नगनिने रात् हरु, तिम्रो याद ले ब्युत्यायेर अनायेसै प्रस्फुटित् हुने ति मुस्कुराहट् हरु, अर्थहिन्। मेरो कुरा सुन, एक पटक- मेरो मन् रोइरहेको थियो, तर म केहि बोलिन। मेरो मन्। हिजो सम्म बाँधेकि थिये- तिम्रो गाँउमा लालिगुरास फुलेको देख्दा कति रमाएको थियो यो। याद छ? डोकोमा बोकेर तल्लो गाँउ सम्म ल्याएका थियोउ मलाइ- डाँडा काँडा लाइ जिस्क्याउदै, गाउलेहरुलाइ लाजले भुत्तुकै पार्दै, हास्दै खेल्दै, उँधि खोला आयेका थियोउ हामि। देबि देबता भाकेका थियोउ। मन् नै त हो।
Read Full Discussion Thread for this article