Posted by: Dada_Giri March 10, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
क्रमश: दुबसुजीको प्रकाशकीय, गोकुलजीको भूमिका र लेखकको भन्नु सुनेर कथावस्तुमा प्रबेश गरेँ। लेखकको प्रचुर शब्द भण्डारको कारणले स्वभाविक रुपमा लेखको स्तरीयता र अप्ठ्यारा शब्दहरुको प्रयोग भएको छ र यसलै गर्दा म मा एकै बसाईमा पढेर सक्ने आँट हराउनै आँटेको थियो। सायद अपरिचित लेखकको उपन्यास भएको भए सक्ने थिइन होला। भनेपछि मैले यहिँनेर लेखक अपरिचित भन्ने जुन मानसिकता लिने प्रयास गरेको थिएँ, असमर्थ भएँ। तैपनि पर्यभेक्षकीय टिप्पणी गर्ने प्रयास गर्छु। लेखकले सामाजिक-आर्थिक असमानतालाई तीखो बज्रपात गरेका छन्, त्यो पनि केबल एक ठाउँमा तर काफि हुने पाराले। कथावस्तुको २ मुल मर्म मध्य एउटा यो होला- मेरो हेराइमा। "वास्तवमा म तिमीळाई भित्रभित्रै चाहान्थैँ।" ... ... ... "तर हाम्रो बिच जुन आर्थिक-सामाजिक दुरी" यस कुराको समाधानका उपायहरु पत्ता लगाउन नसक्नु या प्रयास नगर्नु सञ्जीको कमजोरी पनि ठान्छु, प्रेमको गहिराइको कमजोरी पो हो कि। सायद त्यसैले होला अन्तिममा कुशा रविकान्तसित फर्किन सक्छिन्। दोस्रो बज्रपात भनेको मैले यहाँनेर देखेँ - "... ... ...मेरो पति मलाई प्रेम गर्छ। मेरो शरिरलाई प्रेम गर्छ ऊ। ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ। ... ... तर मेरो आत्मालाई? मेरो हृदयलाई? ... ... " पत्रको पुनश्चले ठुलो मोड लिन्छ। मानौँ १८० डिग्रीकै र रहस्यको पोकोलाई भताभुगं खोलिदिन्छ र उपन्यासको शिर्षकको चयनका सार्थकता पनि झल्किन्छ। --- --- अब मसिना कुराहरु पनि भनी हालौँ। - १- लेखक भावनात्मक रुपमा सञ्जीमा चुर्लुम्म डुब्न सकेका त छन् नै तर कतिपय ठाउँहरुमा स्त्रीलिगीं कृयापद नमिलेको पनि भेटिन्छ। २- सहसा: यो शब्द लेखकले साह्रै मन पराए जस्तो छ, धेरै ठाउँमा प्रयोग गरेका छन्। एउटै शब्दमा यति साह्रो घोटिनु पनि त्यति सकारात्मक नहोला कि। ३- मलाई यहाँनिर घत परेर खुतुतुत्त हाँसो ऊठ्यो। सञ्जीभित्र पनि लेखक स्यम् नै भेट्छु। " ... तर तिमी त छुच्चो पो निक्लियौ। आफुले काटेको सेक्सनहरु नदिएर भन्यौ, "ल आफै काट।" बाफ रे यो मान्छेले जन्मदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार। ... " आदि आदि समस्टीमा यो एउटा नारी-पुरुषबिचको, धनी-गरिब बिचको खाडललाई उदागों पार्ने सामाजिक उपन्यास पनि हो जस्तो ठान्छु। Congratulations, once again!
Read Full Discussion Thread for this article