Posted by: Gautam B. March 9, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपेजीको "च्यात्न नसकेको चिठी" हात पर्नासाथ च्यात्ने कोशिश गरेँ, एक बसाईमै पढिभ्याएर। च्यात्न नसकिने र च्यात्नै नहुने पो निक्ल्यो। साझामा मौलाएको सामीप्यलाई टाढै राखेर पढेको थिएँ, आफूभित्रको पाठकलाई कुनै अपरिचित नया लेखकको पहिलो कृतिको आभाष दिँदै। फेरि एकपटक बधाई दिन्छु हजूरलाई। अत्यन्त कुशल ढंगले भाव र शब्दको संयोजन गर्नु भएको छ। म समालोचक हैन, स्वान्त सुखायका लागि साहित्य पढ्ने मान्छे। मजस्ता पाठकलाई कुनैपनि साहित्यिक कृति कि मन पर्छन् कि मन पर्दैनन्, बीचको स्थिति हुँदैन। त्यसैले "च्यात्न नसकेको चिठी"लाई नच्याती जतन गरेर फेरि फेरि पनि पढ्ने गरी राखेको छु। प्रेमग्रस्त नारी हृदयको उथलपुथल, अन्यमनस्कता र ब्याबहारिक यथार्थसंगको सम्झौतालाई चिठीले राम्रोसंग प्रष्ट पारेको छ(नारी मानसिकताको प्रतिबिम्ब कत्तिको राम्रोसंग आयो भन्ने कुरा साझाकै पाठिकाहरु बाट पनि आउनेनै छ भन्ने आशा छ)। कथाले मध्यमवर्गीय नेपाली परिवेशको अत्यन्त सही प्रतिनिधित्व गरको छ। हामीमध्ये धेरै कुशा, सञ्जी अथवा रविको स्थितिसंग तादात्म्य राख्छौँ, मेरो विचारमा। कुशा बढी भावुक लागी मलाई। बिद्रोह गर्ने सोच बढी राख्ने तर बिद्रोह गर्न नसक्ने। तर सम्झौताप्रधान हाम्रो समाजमा यस्तै कुशाहरुनै बढी उपयुक्त हुन् कि! मलाई सबभन्दा मायाचाहिँ रविको लाग्यो। विचरो अत्यन्त समझदार र चोखो मनको प्रेमी भएर पनि अन्यायमा परेको छ। हुँदा हुँदा लेखकले समेत उसप्रति खासै माया देखाएका छैनन्। (कुशाको आँखाले लेखेको भएर हो कि शायद!) पढिसकेपछि भने लाग्यो अबचैं रविले न्याय पाऊँछ कि। धन्न चिठी हुलाक पुग्न एक रात ढिलो भएछ! प्रशंशा मात्रै गरेर चाकडी ग-यो यल्ले नभन्नुहोला। माथिनै भनिसकें, मलाई मन परेपछि कुरा सिध्दियो। उपन्यास आफ्नो उद्देश्यमा पूरा भएको छ। अब एउटा सानो ब्यक्तिगत छुद्र्याईँ। नेपेजी, यो साहित्यिक यात्रामा डा. झुण्ड्याउनुभन्दा नझुण्ड्याउनुनै राम्रो हैन? मेरो नीजी विचार मात्रै है! (डा. ले भावनालाई अलिक खल्लो बनाए जस्तो लाग्छ मलाई, अरु डा. का पनि किताबहरु पढ्दा।)
Read Full Discussion Thread for this article