Posted by: miss_ me March 8, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
self-pity को मेलै उल्टो अर्थ भनेछु है ।पश्चाताप अथवा आत्मग्लानी यि दुई मध्य कुने एक मिल्छ कि? आज भोलि अलि फूर्सद नभएर नि :)संझनाकोलागि धन्यवाद!गौतमजी र बीर्खेजी को अनुरोधमा यो गन्थन टक्र्याएकीछु। यहाँ हरुको प्रतिक्रियाको प्रतिक्षामा----- प्रश्न? मेरो बिहानीका स्वर्णिम सपनाहरुलाई तिम्रो पुष्पान्जली भित्र पाउदा, मेरो गोधूलिका अनगन्ति साँझ हरुलाई तिम्रो शुभकामनाले सार्थक बनाउदा, हरेक पलहरुमा कोरिएको सिउँदो माथि सिंगै इन्द्रेणी तिमीले सजाइदिदा, भाव विभोर भइ चुपचाप मुस्काइदिन मन लाग्छ। आफूलाई नै बिर्सेर जिईरहेछु तिम्रोलागि आफूलाई नै रित्याएर भरिदिन्छु तिमीलाई तैपनि तुच्छ लाग्छ यि सब भावनाहरु तिम्रो त्यो आत्मियता र उत्सर्ग को सामु त्यो साथ अनि तिम्रो जिन्दगी सामू जहाँ म हाँसि रहेछु , अनि त सोध्न मन लाग्छ, के काफी छ तिमीलाई??? मेरो यो प्रस्फुटित मुस्कुराहट अनि, मेरो विश्वास सहितको अटल समर्पन!!
Read Full Discussion Thread for this article