Posted by: Birkhe_Maila March 7, 2006
Main drawback of Sajha Chautari.....?
Login in to Rate this Post:     0       ?        
साझा चौतारी, यो साझा कुराकानीको एऊटा भिन्नै धागो हो जसमा गाउँले जनजीवन र युवा अनि बुढाहरुको नेपालको गाऊँमा चल्ने तरिका, बोलि र रहनसहनको नक्कल गरिन्छ! यहाँ नेपाली गाउँले जनजीवन र कुराकानीलाई सकेसम्म हुबहु उतार्न खोजिन्छ जसले कहिलेकाहिँ चौतारी धागोको मर्म नबुझ्नेहरुलाई अत्याएको देखिन्छ र दुबिधामा पारेको देखिन्छ। यदि नेपालको गाउँघरको रहनसहन र यथार्थ कसैले भोगेको छ भने चौतारिमा भएका कुरा उसलाई सरल, मिठो र जीवन्त लाग्छ र कसैलाई यस्ता कुरा बिझाउँछ भने मेरो भन्नु केवल यति छ यो हाम्रो देशको, ठाउँको र गाउँको यो धागो रुपि चौतारिमा हुने परावर्तन (reflection) हो। यहाँ प्रयोग भएका शब्द अनि वाक्यका आफ्नै अर्थ छन्! नराम्रो अश्लिल र आपत्तिजनक कुरा मैले अहिले सम्म यहाँ पाएको छैन र यो धागोमा माथि कसैले चौतारीमा छापिएका केहि वाक्यहरु राख्नुभएको रहेछ, मेरो बिचारमा ति वाक्यहरुले शाब्दिक रुपमा भनेका कुराहरुमा जानु भन्दा पनि ति कुराहरु टाँस्नुको पछाडि कस्तो मर्म छ त्यो बुझ्दा राम्रो होला।
Read Full Discussion Thread for this article