Posted by: Gautam B. March 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
"सप्ताह" अब सप्ताह लाग्छ त्यहाँ 'वाचक', 'उपवाचक' र 'गणेश' बस्छन् लोभी, पापी र पाखण्डीहरु, जीवनभर पाप गर्नेहरु 'नियम' सुन्छन् र उँघिरहन्छन् अनि प्रत्येक झस्काईमा- चिसो डकार झिक्छन् अमिलो खकार निल्छन; दान हुन्छ अलिकति तस्करी अलिकति लूट धेरै ढोंग र धेरै नोट, यसरी साटिन्छ पाखण्डी पंडित्याईँ रगत लटपटिएको नोटसंग दंग पर्छ- ठूलो भुँडीको चिल्लो अनुहार 'वरत्र' 'परत्र' दुबै सुध्रियो अब! कथा सुन्छन्- ग्याष्ट्रिक र दमका रोगीहरु र भित्रभित्रै रुन्छन्- सप्रन नसकेको आफ्नो 'वरत्र' माथि (छोड्देऊ 'परत्र' का कुरा!) अनि त्यहि सालको माघमा खुस्कन्छन्; अब सप्ताह लाग्छ त्यहाँ हो, अब सप्ताह लाग्छ त्यहाँ।
Read Full Discussion Thread for this article