Posted by: Gautam B. March 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
सुरेन्द्रजी, "उनी"संग चाँडैनै मिलन होस् तपाईँको। कविताले भावुक बनायो। ********** एउटी केटीजी, कविताको देशमा स्वागत छ। यस्तै राम्रा कविताहरु फेरि फेरि पनि पढ्न पाइयोस्। ********** नेपाली कान्छाले अस्कलको कुरा गरेर nostalgic बनाइदिनुभयो। ********** जासूस केटाका हरेक कविताले नेपालको पिडालाई समेटेका छन्। "सैनिक जीवन" त भावना र शैली दुबै हिसाबले झन राम्रो लाग्यो। जासूस केटा आफैं पनि सेनामा हो? भन्न मिल्ने भए यस्सो सुटुक्क अरु कसैले पनि थाहा नपाउने गरी यै धागोमा भनम्न है! ********** नुइटेजी, थोरै हरफहरुमा धेरै भावना पस्किन सक्नुहुन्छ तपाईँ। मलाई त के लाग्छ भने, कविता सकेसम्म छोटै हुनुपर्छ (अति अमूर्त, बुझ्दै नबुझिने भन्न खोजेको चाहिँ होइन), ब्याख्या गर्ने काम कविको होइन, कथाकार, निवन्धकार र उपन्यसकारहरुको हो। कवितामा भावना र शब्द (थोरै तर सटीक) चयनको संयोजन यस्तो हुनुपर्छ कि पाठकको मनमा सोझै आघात परोस् र आफैँ अर्थ खोज्न पाठक बाध्य बनोस्। खैर, सिकारु मुखबाट यस्तो कुरा ननिकाल्नु पर्ने हो मैले, तैपनि छलफलको लागि ओकल्ने आँट गरेको हुँ। *********** यी जिम्माललाई अलिक आशावादी कविता पनि लेख्न थाल न बूढा भन्यो, पटक्कै टेर्दैनन् गाँठे! *********** माष्टर्नी नानीसंग फेरि एकपटक नया कविताको माग जोडदार रुपमा दोहो-याउन चाहन्छु। *********** टेउसासको प्रसंगमा केहि कुरा। टेउसासमात्रै किन अरु पनि प्रचलित छन यस्ता शब्द; ट्याक्सी-ट्याउसी रिल्याक्स-रिल्याउस गाऊँले लवजमा पनि यसै गरी ऊच्चारण हुन्छन् होला। जिस्किँदा जिस्किँदै मलाई भने 'ट्याउसी' र 'रिल्याउस'मा बानी लागिसक्यो!
Read Full Discussion Thread for this article