Posted by: world_map March 4, 2006
Login in to Rate this Post:
0
?
लौ, नेपे दाइको उपन्यासको प्रभावले त चौतारीमा अतीतका पिरेमपत्रको बाढी नै आउँदैरैछ नि, सबजना आ-आफ्ना प्रथम प्रेम पत्रको स्मृतिमा डुबिरहेका रहेछन्। म पनि एक डुबुल्की मारीहाल्नु पर्यो कि कसो। स्कूलमा साथीहरूको समूहमा केही केटी भएपनि म कसैप्रति चाँडै आकर्षित भैनहाल्ने हुनाले केवल राम्रो साथीको रूपमा मात्र लिएँ मैले। अर्को तर्फबाट केही संकेतहरू आए पनि नबुझे झैं गर्थें किनभने म तिनलाइ साथीको रूपमा मात्र हेर्थें।
तर हाईस्कूल पछिको अध्ययनमा चैं साथीहरूको समूहमा यस्ती केटी भेटिई जसको आत्मीय र मित्रतापूर्ण व्यवहारले मेरो पत्थर हृदयलाई पनि पगाल्न थालेको थियो। तैपनि म यो कतै मृगतृष्णा पो हो कि भनेर आफूलाइ संयमित तुल्याउँथें। ती दुइ वर्ष दुइपल्ट आँखा झिमिक्क गर्न नभ्याउँदै बितिहाल्यो र हामी सबै आ-आफ्ना उच्च शिक्षाका लागि तयारी गर्न तर्फ लाग्यौं। उनले राम्रो साथीको रूपमा मलाइ ‘हामी दुबै सँगै पढौं है!’ भन्थिन्, र मलाईमात्र सँगै पढ्न मन कहाँ नलाग्या हो र? तर समयको छाल शक्तिशाली छ, मेरो भाग्यलाई समयको गतिवान छालले सात समुद्र पारी ल्याएर अड्याइदियो। देश छोड्नु अघि मैले केही कविताहरू लेखेर उनलाई दिएको थिएँ। धेरैजसो प्रेम सम्बन्धी कविता नलेख्ने मलाइ त्यतिबेला चैं खूब फुरेको थियो प्रेम र सौन्दर्यको कविता। गद्यमा पिरेम पत्रै चैं अलि लेख्न भ्याइएन समयाभावले गर्दा।
दूरी र अरू केही कारणले गर्दा हाम्रो पिरेम बढ्न सकेन, तर हाम्रो मित्रता पनि पटक्कै घटेन। उनले मेरा भावनालाई कदर गरेकि र सकारात्मक तरीकाले लिएकि भएता पनि केही बाध्यता र समयको प्रतिकूलताको कारणले यसलाई अघि नबढाउन अनुरोध गरिन् र मैले पनि कुरा बुझेर स्वीकारोक्ति दिएँ। हाम्रो मित्रता चैं फक्रीइ नै रह्यो र पछि सम्म पनि फुलिनै रहनेछ।