Posted by: surendras March 4, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
[B]ऊनी ले मलाई सम्झिइन रे![/B] ऊनी ले मलाई सम्झिइन रे! त्यो समुद्रि तटमा ती एकलास बगरहरु बिच एक सुन्दर बिहानीमा मेरै नाम लिईन रे! बालुवा किनारै-किनार दौडडै हर ढुक-‍ढुकिमा मलाई सम्झिईन रे! हावाका झोकाहरुले कानेखुसी गरे रे! ती चिरबिर चरिहरुले मेरै नाम लिए रे! मलाई थाहा भएन-२ म तिमी सामु भएको भए के गर्थे हुँला सायद तिमीसँगै ती समुद्र तटमा दौडदै टाढा क्षितिज नाप्थे हुँला अनि हातेमाले गर्दै भविष्यको सुन्दर कल्पनामा हराउँथे होला तिम्रो त्यो पाउजुको झंकारमा सुन्दर नयनहरु नियाली रहन्थे होला ती नील नयनहुरुलाई चुम्थे होला मलाई हरबखत “मेल” लेख्ने ती औलाहरु चुम्थे होला थाहा भएन सायद तिमीलाई एक कसिलो बाहुपासमा बाँध्थे होला तिमीलाई मेरा नयन भरि सजाउँथे होला।
Read Full Discussion Thread for this article